तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते

SHARE:

हुम तमु
पोखरा । तमु समुदायको अग्रणी संस्था तमु धिं नेपालको ४२ औं वार्षिक साधारणसभा एवम् १७औं महाधिवेशन आगामी असोज ९ र १० गते पोखरामा हुने भएको छ ।

शुक्रबार अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा पोखरा-१३ स्थित मिलिजुली बिजयपुर तमु समाजमा सम्पन्न मासिक घुम्ती बैठकले साधारणसभा र महाधिवेशनको मिति तय गरेको हो । बैठकले महाधिवेशन तयारीका लागि जेठ ३१ गते तमु धिंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने समेत निर्णय गरेको छ।

अन्तरक्रिया तमु धिं नेपाल कास्की जिल्ला समितिको प्रस्तावमा आयोजना गर्ने भएको हो । अन्तरक्रियामा महाधिवेशन प्रतिनिधि छनौट, निर्वाचन समितिलगायत आयोजक उपसमितिहरु गठन, तमु एकता, तमु भाषा एवम् लिपि, आगामी कार्ययोजना, विधानमा संशोधन गर्नुपर्ने प्रस्ताव, अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालयमा तमु जातिको कक्ष, आगामी तमु ल्होछार महोत्सवको तयारी, तमु सुँ प्रकाशन लगायतका विषयमा बृहत छलफल गर्ने भएको अध्यक्ष हुमबहादुर तमुले बताउनुभयो ।

यसैगरी बैठकले आगामी असार १२-१४ गते अध्ययन अवलोकन भ्रमण गर्ने, असारको २१ गते फूलबारी तमु समाजमा मासिक घुम्ती बैठकआयोजना गर्ने निर्णय गरेको छ। बैठकमा आदिवासी जनजाति छैटौं चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र र उत्कृष्ट स्कृप्ट विधा अवार्ड जित्न सफल ङोल्स्यो रामरानी चलचित्रका निर्माता एवम् नायक तमु धिं नेपाल केन्द्रीय युवा समिति सचिव रामप्रसाद गुरुङ, तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा ५६ युनिट रक्तदान गर्न सफल केन्द्रीय युवा समिति, रुम्जाटार हलेसी काठमाडौं अध्ययन अवलोकन साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको तमु धिं नेपाल केन्द्रीय आमा समिति, घुम्ती बैठक आयोजना आत्मीय स्वागतका लागि मिलिजुली बिजयपुर तमु समाजलाई बधाई एवम् धन्यवाद र नवयुवा विद्यार्थी साँस्कृतिक कलाकारहरुलाई स्वागत गरिएको थियो ।

यसैबीच तमु धिं नेपाल स्याङ्जा जिल्ला समितिले असार ८ गते आयोजित वार्षिकोत्सव भव्य सफल बनाउने निर्णय गरेको छ। बैठकमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले मासिक रिपोर्टिङ र कोषाध्यक्ष गमबहादुर गुरुङले मासिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा मिलिजुली बिजयपुर तमु समाजको स्थापना, समाजको उद्देश्य र गतिविधिसहित समाजकोबारेमा अध्यक्ष खडगबहादुर गुरुङले जानकारी गराउनुभएको थियो भने मिलिजुली बिजयपुर तमु समाजका आमाहरुले सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो।

बैठकमा वरिष्ठ उपाध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने तमु धिं नेपाल स्याङ्जा जिल्ला समितिको वार्षिकोत्सवको तयारीका बारेमा सहसचिव ममता गुरुङले बोल्नुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!