राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित

SHARE:

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित भएका छन् ।

२०८३ जेठ २३ गते शनिबार विदुर २ मा भएको रास्वपा नुवाकोट जिल्ला समितिको प्रथम जिल्ला अधिवेशनले गजुरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । पदका आकांक्षी धेरै भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो ।

गजुरेल तीन प्रतिस्पर्धीलाई पराजित गर्दै २५७ मतसहित सभापतिमा निर्वाचित भए । उनका प्रतिस्पर्धीहरु शरण महत ३७ मत, राजुप्रसाद लामिछानेले २८ र दामोदर नेपालले १ मत पाएका थिए ।

उपसभापतिमा पनि चार जना भिडेका थिए । कृष्णलाल श्रेष्ठ १७३ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी सुनिमा थिङ तामाङ ८४, उमेर पाठक २३ र नारायण भण्डारीले २० मत प्राप्त गरे ।

सचिव पदमा शिवराज लामिछाने र बसन्त धिमाल लडेका थिए । जसमा १९४ मतसहित धिमाल विजयी बने । उनका प्रतिद्वन्द्वी लामिछानेले ११६ मत पाएका थिए । सहसचिवमा भने सम्बर तामाङ निर्विरोध भए ।

जनजातितर्फ छेपो तामाङ विजयी भए भने दलिततर्फ गोकर्ण रोक्का निर्विरोध बने । महिला सदस्यमा लक्ष्मी पाण्डे, जानुका सापकोटा र राधिका रिमाल विजयी भए ।

क्षेत्र नम्बर १ बाट खुला सदस्यमा विपना पाण्डे, क्षेत्र नम्बर २ बाट सुवास भण्डारी निर्वाचित भए । क्षेत्र १ बाट उपसंयोजकमा दीपिका अधिकारी र शिवराम भट्टराई तथा सचिव पदमा मुरारी पोख्रेल निर्विरोध भएका छन् ।

क्षेत्र नम्बर २ को उपसंयोजकमा बिमल खड्का र श्यामबहादुर लामा तथा सचिवमा सचिन डंगोल निर्विरोध बने । क्षेत्र नम्बर २ को सदस्य पदमा रामप्रसाद लामिछाने निर्विरोध भएका निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित सभापति गजुरेलले पार्टीलाई परिणाम केन्द्रित एवम् जनउत्तरदायी हुँदै अझ थप उचाईमा पुर्‍याउन आफू नेतृत्वको समिति प्रतिबद्ध रहने बताए । ‘२०७९ भाद्र ५ गते तदर्थ समितिको सभापति चयन हुँदै गर्दाको त्रासभन्दा २०८३ जेठ २३ का प्रतिनिधिहरुको अमूल्य मतका विश्वास अत्यन्तै जिम्मेवारीपूर्ण भएको आभास गरेको छु,’ उनले भने, ‘हिजोको अवस्थाबाट आजसम्म पार्टी नेतृत्व सम्हाल्दै यहाँसम्म आइपुग्नु न्यून चुनौती थिएनन् । यद्यपि अब भने तहगतका नेतृत्वको अब्बलता र सहकार्यको भावनालाई सुदृढीकरण गर्दै आत्म अनुशासनसहित जिम्मेवार ढंगबाट पार्टी गतिविधि संचालन गर्दै पार्टीलाई परिणाम केन्द्रित एवम् जनउत्तरदायी हुँदै अझ थप उचाईमा पुर्‍याउन म र मेरो नेतृत्वको समिति प्रतिबद्ध रहने प्रण गर्दछु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!