गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर घरमै पुग्छन् शिक्षक

SHARE:

चितवन । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यति बेला गर्मी बिदाको छुट्टी छ । विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी बिदाको गृहकार्य गर्दै छन्, अध्ययन गर्दै छन् । स्कुलका शिक्षकहरू भने बिदामा बसेका विद्यार्थीहरूको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधि, गृहकार्य, आचरण व्यवहार, अध्ययनको  वातावरण लगायतका विषयमा जानकारी लिइरहेका छन् ।

अत्यधिक गर्मी बढेसँगै दैनिक पठनपाठन सञ्चालन गर्न कठिनाइ भएर विद्यालयले गर्मी बिदा दिएको छ । शनिबार र आइतबारको छुट्टी समेत गरी गर्मी बिदामा विद्यार्थीहरू ९ दिन घरमा नै बस्नुपर्ने भएकाले शिक्षकहरूलाई विद्यार्थीहरूको घरघरमै पठाएर अध्ययन एवम् गृहकार्यमा सहजीकरण गर्ने गरी स्कुले शिक्षक-शिक्षिकाहरुलाई परिचालन गरेको हो ।

कक्षा एकदेखि दशसम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई बिदाको समयमा समेत अध्ययन गतिविधिमा संलग्न गराई राख्न स्कुलले विद्यार्थीहरूलाई विभिन्न गृहकार्य, कार्यपत्र तयार गर्ने, व्यवहारिक अभ्यास गर्ने जस्ता गतिविधिमा सक्रिय रहन बिदाको होमवर्क दिएको छ । स्कुलले दिएको यिनै गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाई राख्न एवम् सहजीकरण गर्न शिक्षकहरू पनि विद्यार्थीको घर घरमा पुगिरहेका छन् ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई उसको अध्ययनको अवस्था, विद्यार्थीका अभिभावकले विद्यालयसँग गर्ने गरेको गुनासो, विद्यार्थीको पढाई प्रतिको अभिरुचि लगायतका विषयलाई आधार मानेर विद्यार्थीहरूको समूह विभाजन सहित शिक्षक कर्मचारीहरूलाई होम भिजिटमा परिचालन गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।

शिक्षकले घरमै पुगेर विद्यार्थीको अनुशासन, उसको  पठनपाठनको अवस्था, शिक्षण सिकाइलाई सुधार गर्न अभिभावकको भूमिका, घरमा विद्यार्थीको अध्ययन वातावरणको अवस्था आदिका बारेमा जानकारी लिनुका साथै बिदामा विद्यालयले दिएको गृह कार्यसँग सम्बन्धित विषयमा समेत अभिभावक एवम् विद्यार्थीहरूलाई  सहजीकरण गर्ने गरी शिक्षकहरूलाई विद्यार्थीको घर घरमै परिचालन गरिएको हो ।
विद्यालय समयमा समेत मोबाइल, ल्यापटपका साथै सामाजिक सञ्जालमा सक्रिय रहने विद्यार्थीहरू बिदाको समयमा अझै बढी उल्लेखित साधनमा व्यस्त रहने भएकाले घरमै बस्दा पनि अध्ययनलाई निरन्तरता दिने गतिविधिमा संलग्न गराउने  उद्देश्यले सहित शिक्षकलाई विद्यार्थीको घरमा नै पुगेर निगरानी गर्ने व्यवस्था मिलाइएको समादेशक थापाले जानकारी दिनुभयो ।

विद्यार्थीको दैनिक पठनपाठन, शिक्षण सिकाइको अवस्थाको बारेमा अभिभावकसँग घरमै बसेर  अन्तर्क्रिया गर्दा विद्यार्थीलाई अध्ययनको महत्वका साथै घरमा बसेर के कसरी अध्ययन गर्ने, विद्यार्थीलाई अभिभावकले अध्ययन एवम् गृहकार्यमा के कसरी सहजीकरण गर्ने सम्बन्धमा पर्याप्त जानकारी दिन सकिने भएकाले शिक्षक शिक्षिका विद्यार्थीको घर घरमै पुगेका हुन ।

शिक्षक शिक्षिकाले विद्यार्थीको घरमा पुगेर पठनपाठनका साथै अभिभावकहरूलाई सुरक्षा सचेतना समेत गराई रहेका छन् । विद्यालय सम्म विद्यार्थी छाड्न आउँदा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसाका कारण विद्यार्थीको पढाइमा पर्ने असर, विद्यार्थीको अगाडि अभिभावकले प्रस्तुत गर्नुपर्ने आचरण व्यवहारका साथै सामाजिक सञ्जाल प्रयोगबाट हुन सक्ने सम्भावित अपराधको बारेमा समेत अभिभावक एवम् विद्यार्थीहरूलाई सचेत गराएका छन् । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले  सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताका सम्बन्धमा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप मार्फत विभिन्न विषयमा ज्ञान, सिप, कलामा प्रशिक्षण गर्दै आइरहेको समादेशक थापाले जानकारी दिनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!