काठमाडौँ । गोरखा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् ।
छानबिन समितिले सफाइ दिएपछि गुरुङलाई नै गृह मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री वालेन्द्र शाह तयार भएका हुन् । सम्भवत: मंगलबार नै गुरुङको पद तथा गोपनीयताको शपथ राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने छ ।
व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। चौतर्फी आलोचनापछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । यसबारे अनुसन्धान गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। छानबिन समितिले आफ्नो अध्ययनपछि गुरुङलाई सफाइ दिएको थियो ।






