लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा ‘तामाङ फेस्टिभल लन्डन २०२६’ आयोजना गर्ने भएको छ । नेपालबाट चर्चित कलाकारहरु विश्व दोङ, मनमाया वाइबा, जितु लोप्चन लगायतलाई डाकेर तामाङ फेस्टिभल लन्डन गरिन लागेको हो । यस्तै बेलायतमा रहेका कुमार योञ्जनको विशेष प्रस्तुति रहने छ ।
फेस्टिभलमा लामा, बोन्बो, ताम्बाको भूमिका के हुन्छ भन्ने देखाइने छ भने तामाङ सेलो, म्हेन्दोमाया गीतमा नाचगान हुने आयोजकले जनाएको छ । फेस्टिभल वुडल्यान्डमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।
पहिलो पटक हुन लागेको महोत्सवमा सहभागी हुन आयोजकले आग्रह गरेका छन् । कार्यक्रम सफल पार्न आयोजकले विभिन्न व्यक्तिहरुबाट स्वेच्छिक चन्दासमेत संकलन गरिरहेको छ ।






