भेनेजुएलामा शक्तिशाली दुई भूकम्प : कम्तीमा २३५ जनाको मृत्यु, ४,३०० भन्दा बढी घाइते [अपडेट]

SHARE:

लन्डन । भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४,३०० भन्दा बढी घाइते भएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तथा उद्धारमा जुटिरहेका छन्।

राजधानी काराकास तथा नजिकैको तटीय सहर ला गौरामा धेरै भवनहरू भत्किएका छन्। भग्नावशेषमुनि फसेका मानिसहरूले सहयोगका लागि पुकार गरिरहेको बताइएको छ।

युनाइटेड स्टेट्स जीओजोजिकलकाका अनुसार बुधबार स्थानीय समय साँझ ६:०४ बजे पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डमै ७.५ म्याग्निच्युडको अर्को अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्प जमिनको सतह नजिकै केन्द्रित भएकाले ठूलो क्षति भएको जनाइएको छ।

भूकम्पका कारण हजारौं मानिस घरबारविहीन भएका छन् भने क्षतिग्रस्त भवनमा बस्न डराएका धेरै नागरिक सडकमै रात बिताउन बाध्य भएका छन्। अझै पनि मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

भेनेजुएलाको राष्ट्रिय बिदाको दिन परेकाले धेरै नागरिक घरमै रहेका बेला भूकम्प गएको थियो, जसले मानवीय क्षति थप बढाएको अधिकारीहरूले बताएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!