मनाइयो क्रिसमस

SHARE:

काठमाडौँ : क्रिस्चियन धर्मका संस्थापक येशु ख्रीस्टको जन्म जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । यस अवसरमा मंगलबार देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइएको हो । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ ।

यस अवसरमा मानिसले एकापसमा क्रिसमस दिवसको शुभकामना आदान–प्रदान गरेका छन् । यस अवसरमा विभिन्न स्थानमा साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । दिवस मनाइएका स्थलमा येशुको शिक्षा एवं उपदेशको चर्चा गरिनाका साथै प्रेम प्रकट गर्दै उपहार आदान–प्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशु ख्रीष्टको शुभ जन्म दिनको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ मनाइन्छ । नेपालमा क्रिस्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासङ्घले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!