गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपाने, उपकुलपतिमा शङ्कर विरही गुरुङ

SHARE:

बालकाशी गुरुङ र कृष्णकुमार गुरुङ प्राज्ञसभा सदस्यमा नियुक्त

शंकर बिरही गुरूङ, कृष्णकुमार गुरूङ र बालकाशी गुरूङ

कास्की । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपानेलाई नियुक्त गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्वतको पैयुँ गाउँपालिका स्थायी घर भएका प्रा डा न्यौपानेलाई मंगलबार चार वर्षका लागि कुलपतिमा नियुक्त गरेका हुन् । प्रा डा न्यौपाने पृथ्वीनारायण क्याम्पसको नेपाली विभागका पूर्वविभागीय प्रमुख हुन् । उनी नेपाली भाषा, साहित्य, गीत–सङ्गीत, कला र संस्कृतिका अध्येताका रूपमा परिचित छन् ।

लामो समयदेखि पदाधिकारीविहीन रहेको प्रतिष्ठानमा गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ को दफा ८(१) बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा साहित्य, भाषा, सङ्गीत, बाद्यवादन, चित्रकला, मूर्तिकला, चलचित्र, अभिनय, गायन, रचना, संस्कृति तथा लोकदोहोरीलगायत क्षेत्रको प्रतिनिधित्व हुने गरी २४ सदस्यीय प्राज्ञ सभाको गठन गरिएको छ ।

प्राज्ञसभा सदस्यमध्येबाट प्राडा न्यौपाने कुलपति, शङ्कर विरही गुरुङ (स्याङ्जा) उपकुलपति र मनकुमार श्रेष्ठ (तनहुँ) सदस्य–सचिव नियुक्त भएका छन् । प्राज्ञ सभा सदस्यमा कास्कीका अनुराग अधिकारी, गायत्री पराजुली, चोलेन्द्र पौडेल, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, रामभक्त जोजिजु, रामजीप्रसाद पौडेल र हरिमाया श्रेष्ठ, पर्वतका इन्द्रमान खत्री, कृष्णकुमार गुरुङ र शान्ति भुसाल, नवलपुरका ईश्वरीप्रसाद भुसाल र सञ्जु महतो थनेत, तनहुँका प्रा डा ईश्वरचन्द्र वाग्ले, टुकादेवी पौडेल आचार्य र शान्ता बाँस्तोला, स्याङ्जाका कमल पौडेल ‘अथक’, म्याग्दीका भूपेन्द्र बानियाँ, लमजुङका वसन्त अधिकारी तथा गोरखाका डा वीरेन्द्र पुडासैनी मनोनीत भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!