लन्डन । भोटेकोशी–रसुवा बाढी प्रभावितको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको अभियानमा बुधबारसम्म ६ करोड १ लाख ८ हजार २०० रुपैयाँ संकलन भएको छ ।
एनआरएनए सचिवालयका अनुसार अभियानका लागि विभिन्न देश तथा संस्थाबाट ८ करोड ७७ लाख २१ हजार ९०६ रुपैयाँ ६६ पैसा सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ । प्रतिबद्धताअनुसार रकम प्राप्त हुने क्रम जारी छ ।
हालसम्म प्राप्त रकममध्ये सबैभन्दा बढी यूकेबाट ५३ लाख ४३ हजार २४४ रुपैयाँ २५ पैसा संकलन भएको छ । त्यसपछि अष्ट्रेलियाबाट ३१ लाख १ हजार ५८१ रुपैयाँ ७६ पैसा र बहराइनबाट २५ लाख ७९ हजार ३२८ रुपैयाँ प्राप्त भएको छ ।







