लालीगुराँस पुस महीनामै ढकमक्क

SHARE:

जाजरकोट । लालीगुराँस फुल्ने समय फागुन र चैत महीना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महीनामै फुल्न थालेको छ । प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । समुन्द्री सतहबाट एक हजार ३०० मिटरदेखि तीन हजार तीन हजार २०० मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महीना भए तापनि मङ्सिर, पुसमै फुल्न थालेको स्थानीय बुढापाकाको भनाइ रहेको छ ।

तीस वर्षको औसत हावापानीमा हुने परिवर्तनलाई जलवायु परिवर्तन भन्ने गरिएको छ । समुन्द्री सतहमा वृद्धि हुनु, पृथ्वीको तापक्रम बढ्दै जानु र वर्षा प्रक्रियामा अनियमितता आउनु नै जलवायुजन्य परिवर्तन हो । जलवायु परिवर्तनका कारण पृथ्वीको औसत तापक्रम सन् १९१५ मा १५० सेल्सियस थियो भने सन् १९४५ मा १५.२० सेल्सियस र सन् २००० मा १५.८० सेल्सियस भएर बढ्दै गइरहेको छ ।

पृथ्वीको औसत तापक्रम बढ्दै गएपछि फागुन चैतमा फुल्ने लालीगुराँसका फूल मङ्सिर पुसमै देख्न सकिने जलवायु विज्ञको भनाइ छ । जलवायुजन्य प्रकोपका हिसाबले नेपाल विश्वको चौथो सङ्कटासन्न राष्ट्र हो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी सम्मेलन–जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिमा नेपालले १२ जुन १९९२ का दिन हस्ताक्षर गरेको थियो भने उक्त जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् १९९४ देखि नेपालका पक्ष भएको थियो ।

नेपालले पनि जलवायु परिवर्तन नीति २०६७ पारित गरिसकेको छ । जलवायुजन्य परिवर्तनका असरलाई न्यूनीकरण गर्न नेपाल सरकारले कालापत्थर, सगमाथा सम्मेलन सम्पन्न गरिसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!