११ महीनामा १० लाखभन्दा बढी पर्यटक भित्रिए

SHARE:

काठमाडौँ । नेपाल पर्यटन बोर्डको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाइने भएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत गठन भएको बोर्डले दुई दशकको अवधिमा पर्यटन प्रवर्द्धनको कामलाई प्रभावकारी रुपमा अघि बढाएको छ । विभिन्न प्रवर्द्धनात्मक अभियान चलाएरै बोर्डले २० वर्षको अवधिमा १० लाखभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको छ ।

सन् २०११ मा लिइएको यो लक्ष्य सन् २०१८ मा सार्थक भएको हो । बोर्डको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त वर्ष झण्डै १२ लाख पर्यटक पुग्ने अनुमान गरिएको छ । नेपाली पर्यटन इतिहासमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रनुले पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ । यो उत्साहलाई अझ प्रभावकारी बनाउँदै सरकारले घोषणा गरेको सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक तुल्याउन बलपुग्ने सम्बद्ध अधिकारी बताउँछन् ।

सरकारले पनि यो उपलब्धीकै आधारमा आगामी प्रवद्र्धनात्मक कार्यक्रमलाई तीब्रता दिई पूर्वाधार विकास र सेवा गुणस्तर तथा नयाँ गन्तब्य पहिचान र प्रवद्र्धनका कामलाई योजनाबद्ध अघि बढाएको छ । बोर्डको २० औँ वार्षिकोत्सवमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले १० लाख पर्यटन भित्रिनु आफैमा पर्यटन क्षेत्रका लागि महत्वपूर्ण कोसेढुङ्गा हो भन्दै यसले आगामी यात्रालाई सहजता बनाउने धारणा व्यक्त गरे ।

उनले परिवर्तित समयानुसार बोर्डलाई गतिशिल बनाएर प्रवद्र्धनात्मक कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विभिन्न चुनौतीका बावजुद १० लाख पर्यटक पुग्नु पर्यटन क्षेत्रका लागि सुखद उपलब्धी भएको उल्लेख गर्दै यसले नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवद्र्धन गर्न तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!