नेफिन युकेको “वर्ष पुरुष” कर्मा पहाडी शेर्पा र “वर्ष महिला” लिला सेलुङ माबो सम्मानित

SHARE:

बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेद्वारा आयोजित ३२औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको उपलक्ष्यमा, नेफिन युकेका निवर्तमान अध्यक्ष कर्म पहाडी शेर्पा “वर्ष पुरुष २०२६” र निवर्तमान वरिष्ठ उपाध्यक्ष लिला सेलुङ माबो “वर्ष महिला २०२६” ले सम्मानित हुनुभएको छ।

नेफिन युकेले हरेक वर्ष आदिवासी जनजातिका मुद्दाहरूमा विशेष भुमिका खेल्ने, आर्थिक, भौतिक र नैतिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई यस सम्मानद्वारा सम्मानित गर्दै आएको छ। गत वर्ष संस्थाका सल्लाहकार डा. दुत पुन मगर र वरिष्ठ उपाध्यक्ष गङ्गामाया दुरालाई यो सम्मान प्रदान गरिएको थियो।

यस वर्ष सम्मानित हुनुभएका नेफिन युकेका निवर्तमान अध्यक्ष कर्म पहाडी शेर्पाले महासंघको महासचिव र अध्यक्षजस्तो गरिमामय पदमा रहेर संस्थालाई स्थापित गराउन ठुलो भूमिका खेल्नुका साथै आर्थिक, भौतिक र नैतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। त्यस्तै, निवर्तमान वरिष्ठ उपाध्यक्ष लिला सेलुङ माबोले पनि महासंघका विभिन्न पदमा रहेर विशेष भूमिका निर्वाह गर्नुभएको थियो।

गत शनिबार, ८ अगस्ट २०२६ का दिन नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राई र प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको बाहुलीबाट शेर्पा र माबोलाई फेटा, खादा र ताम्रापत्रद्वारा सम्मानित गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!