फोनिजका पूर्वअध्यक्ष डण्ड गुरुङलाई ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान’

SHARE:

काठमाडौं । एभरेष्ट टाइम्सका सम्पादक पूर्वअध्यक्ष डण्ड गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औं स्थापना दिवस तथा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको अवसरमा फोनिज पूर्वअध्यक्षसमेत रहेका गुरुङलाई ३१ हजार रुपैयाँ नगदसहित सो सम्मान प्रदान गरिएको हो ।

गुरुङसहित सोही सम्मानबाट सञ्चारिका समूह नेपालका पूर्वअध्यक्ष बिमला तुम्खेवालाई सम्मान गरिएको छ । साथै मातृभाषा पत्रकारिता सम्मान लहाना साप्ताहिकलाई प्रदान गरिएको छ । त्यस्तै पत्रकारिता पुरस्कारबाट सरिता श्रेष्ठ, तिर्थमान बल र अविनास चौधरीलाई प्रदान गरिएको छ ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यालय प्रमुख राम मादेनले सम्मानित र पुरस्कृत व्यत्तित्वहरुलाई सम्मानपत्र, नगद, दोसल्ला प्रदान गरेका थिए ।

फोनिज स्थापना दिवसको अवसरमा काठमाडौंमा बुधबार बिहान प्रभातफेरीको आयोजना गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!