बेलायतको इस्ट ससेक्समा रेल दुर्घटना, २० जना घाइते, २ को अवस्था गम्भीर

SHARE:

लन्डन । बेलायतको इस्ट ससेक्समा यात्रुवाहक रेल लिकबाट बाहिरिँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

लन्डन भिक्टोरियाबाट ईस्टबोर्नतर्फ जाँदै गरेको साउदर्न रेलको १४:२४ बजेको सेवा बिहीबार अपराह्न करिब ४ बजे लुइस रेलवे स्टेसननजिकै लिकबाट बाहिरिएको हो । दुर्घटनामा रेलका तीनवटा डिब्बा लिकबाट बाहिरिएर पल्टिएका थिए ।

रेलमा करिब १५० यात्रु सवार थिए । दुर्घटनापछि केही यात्रु डिब्बाभित्र फसे पनि उद्धार टोलीले सबैलाई सुरक्षित रूपमा बाहिर निकालेको ब्रिटिस ट्रान्सपोर्ट पुलिसले जनाएको बीबीसीले लेखेको छ । घटनापछि ठूलो आपत्काल घोषणा गरिएको थियो ।

दुई जना गम्भीर घाइतेलाई प्रमुख ट्रमा सेन्टरमा लगिएको छ भने अन्य १८ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!