भारतीय अभिनेता कादर खानको क्यानाडामा निधन

SHARE:

नयाँ दिल्ली । हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उनका छोरा सरफराज खानले पुष्टि गरेका छन् । प्रसिद्ध अभिनेता पटकथा तथा सम्वाद लेखक खान ८१ वर्षको थिए ।

उनको निधन डिसेम्बर ३१ साझ ६ बजे क्यानडामा भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । “हाम्रा पिता अब हामीसँग रहनु भएन,” सरफराजले सञ्चारमाध्यमलाई मृत्युबारे जानकारी गराए । छोरा सरफराजका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

अस्पतालमा उपचाररत उनलाई मृत घोषणा गरिनुपूर्व नै केही दिन पहिलेदेखि उहाँको मृत्युबारे सामाजिक सञ्जालमा हल्ला फैलिएका थिए ।

उनको मङ्गलबार क्यानडामा नै अन्तिम संस्कार गरिएको छ । सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट भारतीय चलचित्र क्षेत्रमा पाइला राखेका कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!