मौलिक पहिरनसहित १७औँ नेपाली मेलामा स्याङ्जा समाज यूकेको सहभागिता

SHARE:

लन्डन । तमु धीं यूकेको आयोजनामा गत ३० अगस्टमा बेलायतमा १७औँ नेपाली मेला सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराको प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले आयोजित मेलामा बेलायतस्थित विभिन्न नेपाली संघ–संस्थाको उल्लेख्य सहभागिता रहेको थियो।

मेलामा स्याङ्जा समाज यूकेले पनि मौलिक पहिरनसहित सहभागिता जनाएको छ। समाजकी अध्यक्ष रुपा गुरुङको नेतृत्वमा करिब ६० जनाको टोली मेलामा सहभागी भएको थियो। टोलीले स्याङ्जाको मौलिक पहिचान झल्काउने पहिरनसहित सहभागिता जनाउँदै नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनमा योगदान दिएको थियो।

स्याङ्जा समाज यूके विगतका वर्षहरूमा पनि नेपाली मेलामा सहभागी हुँदै आएको छ। यस वर्ष पनि मौलिक पोशाकसहित सामूहिक सहभागिता जनाउँदै समाजले आफ्नो सांस्कृतिक पहिचानलाई प्रस्तुत गरेको हो।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न मेलामा नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

नेपाली समुदायबीच आपसी एकता, सांस्कृतिक पहिचान र मौलिक परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि नेपाली मेला महत्वपूर्ण माध्यम बन्दै आएको छ। बेलायतमा हरेक वर्ष आयोजना हुँदै आएको यस मेलामा विभिन्न नेपाली समुदाय र संघ–संस्थाले आफ्नो मौलिक संस्कृति, भेषभूषा, कला तथा परम्परा प्रस्तुत गर्दै आएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!