काठमाडौं । एनआरएनएको आयोजना एवं नेपाल मेडिसिटी र ललितपुर मेट्रो सिटी अस्पतालको सहकार्यमा बाढी प्रभावित नुवाकोटको बाघटारमा स्वास्थ्य शिविर सञ्चालन हुँदैछ ।
शिविरका लागि अध्यक्ष डा हेम राज शर्मासहितको टोली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ । बागमती प्रदेश सरकारको समन्वयमा त्रिशूली प्रादेशिक अस्पतालमा हुन लागेको शिविरको नेतृत्व ग्लोबल स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेल र एनआरएनए आईसीसी सदस्य डा. सञ्जीव सापकोटाले गर्ने एनआरएनएले जनाएको छ ।
शिविरमा करिब २५० प्रभावित परिवारलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण, सरसफाइ सचेतनाका साथै विपद् व्यवस्थापन र प्राथमिक उपचार तालिम प्रदान गरिने जनाइएको छ ।









