‘लोकबहादुर गुरुङ स्मृति सम्मान’ गायक धनबहादुर गुरुङलाई

SHARE:

गण्डकी । पोखरास्थित लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानद्वारा गायक तथा सङ्गीतकार धनबहादुर गुरुङ सम्मानित हुनुभएको छ । शुक्रबार आयोजित संस्कृतिकर्मी लोकबहादुर गुरुङको १२औँ स्मृति दिवसका अवसरमा गायक गुरुङलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

गुरुङ समुदायको भाषा, संस्कृति, कला र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले हरेक वर्ष संस्कृतिकर्मी गुरुङको स्मृतिमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको गण्डकी प्रदेशसभाका सदस्य एवं प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङले बताए ।

कार्यक्रममा नेपाली तथा गुरुङ कला–संस्कृतिको क्षेत्रमा लोकबहादुर गुरुङले पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँका योगदान र सिर्जनालाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिइएको थियो ।

सम्मान ग्रहण गर्दै गायक तथा सङ्गीतकार धनबहादुर गुरुङले आफूले कला, सङ्गीत र संस्कृतिको क्षेत्रमा गर्दै आएको योगदानको कदरस्वरूप प्राप्त सम्मानले थप जिम्मेवारी र ऊर्जा प्रदान गरेको बताउनुभयो । गुरुङ समुदायको मौलिक कला, भाषा, संस्कृति र संगीतको संरक्षणमा निरन्तर लागिपर्ने उनको भनाइ छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!