स्विन्डनमा बाढीपीडितका लागि सहयोग अभियान, १९ सेप्टेम्बरमा दीप प्रज्वलन

SHARE:

जयराम तामाङ
स्विन्डन, बेलायत । नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति प्रवासमा रहेका नेपालीहरूले दुःख व्यक्त गर्दै पीडित परिवारका लागि सहयोग अभियान सुरु गरेका छन्।

नेपाली समाज विल्टसायर र फेथ हिमालयन चर्चको सहकार्यमा बाढीपहिरो प्रभावित नेपालीका लागि राहत तथा सहयोग जुटाउने अभियान सञ्चालन गरिएको हो। नेपालमा विपत्ति पर्दा संसारको जुनसुकै कुनामा रहे पनि नेपालीको मन दुख्ने भन्दै अभियानमार्फत तत्काल राहतसँगै प्रभावित परिवारका लागि दीर्घकालीन सहयोग जुटाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

अभियानअन्तर्गत स्विन्डनमा रहेका नेपाली समुदायसँगै स्थानीय बेलायती नागरिकलाई समेत सहयोगका लागि आह्वान गरिएको छ। बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले सबैलाई आफ्नो क्षमता र इच्छाअनुसार योगदान गर्न आयोजकले आग्रह गरेको छ।

यसै क्रममा सेप्टेम्बर १९ तारिख शनिबार स्विन्डन टाउन सेन्टरमा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।

नेपालमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा सहभागीहरूका लागि चिया तथा पानीको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।

२६ अगस्टमा तिब्बत क्षेत्रबाट भोटेकोशी र त्रिशूलीमा आएको बाढीबाट रसुवा, नुवाकोट लगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । सोमबार बिहान ११ बजेसम्म १ हजार ३५५ शव फेला परेको छ भने अझै ४ हजार ९९६ जना सम्पर्कविहीन छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!