लन्डन । हालै नेपालमा गएको विनाशकारी हिमबाढी र पहिरोका पीडितलाई राहत वितरण तथा प्रभावित क्षेत्रको अवलोकन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोली नेपाल आउने भएको छ । टोलीले प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्ने र उनीहरूको वास्तविक अवस्था बुझेर मानवीय सहयोग गर्नेछ ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको पहलमा यस विषयमा बेलायत सरकारको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (FCDO) र काठमाडौंस्थित बेलायती दूतावाससँग छलफल भइसकेको छ । बाढी प्रभावित क्षेत्रको अवस्था र तत्कालीन आवश्यकताका विषयमा बेलायती मन्त्रीहरू तथा राजदूत रोब फेनको नेतृत्वमा रहेको दूतावासको टोलीसँग आवश्यक समन्वय गर्दै एनआरएनएको टोली प्रभावित क्षेत्रमा जान लागेको हो । यस अभियानमा संस्थाका सचिव कृष्ण खतिवडा र आइसीसी सदस्य विजय गुरुङ लगायत पनि सहभागी हुनेछन् ।
अध्यक्ष गाहाले रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरो जलवायु परिवर्तनको गम्भीर असर भएको बताएका छन् । जलवायु परिवर्तनमा कम योगदान रहेको नेपालले भोगेको क्षतिका लागि विकसित देशहरूले न्यायोचित क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । जलवायु परिवर्तनका सन्दर्भमा नेपाल सरकारलाई सहयोग गर्ने अध्यक्ष गाहाको प्रतिवद्धता छ ।
विनाशकारी गोर्खा भूकम्पको समयमा जस्तै यसपटक पनि वास्तविक पीडित पहिचान गरी प्रत्यक्ष रूपमा राहत वितरण गरिने संस्थाले जनाएको छ । स्थानीय सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर पारदर्शी रूपमा सहयोग गरिनेछ ।
सहकार्यका लागि खुला आह्वान
एनआरएनए यूकेले यस मानवीय अभियानमा जोडिन चाहने स्वदेश तथा विदेशमा रहेका संघ–संस्था र व्यक्तिहरूलाई सहयोगका लागि खुला आह्वान समेत गरेको छ । इच्छुक व्यक्ति वा संस्थाले राहत सामग्री, खाद्यान्न, स्वास्थ्य सामग्री वा आर्थिक सहयोग लिएर प्रत्यक्ष सहभागी हुन सक्ने अध्यक्ष गाहाले बताए ।
यसैबीच, अध्यक्ष प्रेम गाहा मगर राहत वितरण र पुनर्स्थापनाका लागि नेपाल जाने भएपछि एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी तीर्थबहादुर मल्ल (अनिल) लाई दिइएको छ । अध्यक्ष गाहा नेपाल रहुन्जेल बेलायतमा आवश्यक समन्वयका लागि कार्यवाहक अध्यक्ष मल्ललाई सम्पर्क गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।
नेपालमा बाढीपहिरो प्रभावितलाई राहत बाँड्न एनआरएनए यूकेको टोली जाँदै
लन्डन । हालै नेपालमा गएको विनाशकारी हिमबाढी तथा पहिरोबाट प्रभावित पीडितलाई राहत वितरण तथा प्रभावित क्षेत्रको अवलोकन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोली नेपाल जाने भएको छ।
टोलीले प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्नुका साथै उनीहरूको वास्तविक अवस्था बुझेर मानवीय सहयोग गर्नेछ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको पहलमा यस विषयमा बेलायत सरकारको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस तथा काठमाडौंस्थित बेलायती दूतावाससँग छलफल भइसकेको छ।
बाढी प्रभावित क्षेत्रको अवस्था र तत्कालीन आवश्यकताबारे बेलायती मन्त्रीहरू तथा राजदूत रोब फेनको नेतृत्वमा रहेको दूतावासको टोलीसँग आवश्यक समन्वय गर्दै एनआरएनए यूकेको टोली प्रभावित क्षेत्रमा जान लागेको हो । यस अभियानमा संस्थाका सचिव कृष्ण खतिवडा, आइसीसी सदस्य विजय गुरुङलगायत सहभागी हुनेछन्।
अध्यक्ष गाहाले रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरो जलवायु परिवर्तनको गम्भीर असर भएको बताएका छन्। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसबाट ठूलो क्षति व्यहोर्नुपरेको भन्दै विकसित देशहरूले नेपाललाई न्यायोचित क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ। जलवायु परिवर्तनका सन्दर्भमा नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि अध्यक्ष गाहाले व्यक्त गरेका छन्।
विनाशकारी गोर्खा भूकम्पको समयमा जस्तै यसपटक पनि वास्तविक पीडितको पहिचान गरी प्रत्यक्ष रूपमा राहत वितरण गरिने संस्थाले जनाएको छ। स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी पारदर्शी रूपमा सहयोग गरिने जनाइएको छ।
एनआरएनए यूकेले यस मानवीय अभियानमा जोडिन चाहने स्वदेश तथा विदेशमा रहेका संघ–संस्था र व्यक्तिहरूलाई सहयोगका लागि खुला आह्वान गरेको छ। इच्छुक व्यक्ति वा संस्थाले राहत सामग्री, खाद्यान्न, स्वास्थ्य सामग्री वा आर्थिक सहयोगमार्फत अभियानमा प्रत्यक्ष सहभागी हुन सक्ने अध्यक्ष गाहाले बताएका छन्।
यसैबीच, राहत वितरण तथा पुनर्स्थापनाका लागि अध्यक्ष प्रेम गाहा मगर नेपाल जाने भएपछि एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी तीर्थबहादुर मल्ल (अनिल) लाई दिइएको छ। अध्यक्ष गाहा नेपाल रहुन्जेल बेलायतमा आवश्यक समन्वयका लागि कार्यवाहक अध्यक्ष मल्ललाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।





