लोकप्रिय गायक रामकृष्ण ढकाल बेलायत आइपुगे, शुक्रबार नेपाली फेस्टमा प्रस्तुति दिने

SHARE:

लन्डन । लोकप्रिय गायक रामकृष्ण ढकाल बेलायत आइपुगेका छन् । स्वीन्डनमा शुक्रबार १८ सेप्टेम्बरमा हुने ‘नेपाली फेस्ट-२०२६’मा प्रस्तुति दिन गायक ढकाल बिहीबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् ।

गायक ढकाललाई एयरपोर्टमा नेपाली फेस्ट आयोजक केएसएस इभेन्ट एन्ड इन्टरटेन्टमेन्टका पदाधिकारी तथा प्रतिनिधिले स्वागत गरे । बेलाइत आइपुगेपछि ढकालले न्यानो आतिथ्य, आत्मीय स्वागत र मायाका लागि धन्यवाद व्यक्त गरेका छन् । उनले शुक्रबारको कार्यक्रममा सहभागी हुन बेलायतवासी नेपाली समुदायलाई चुले निम्तो दिए । दर्शकसँग प्रत्यक्ष भेट्दै गीत–संगीत प्रस्तुत गर्न पाउने हुँदा आफू निकै उत्साहित रहेको उनले बताएका छन् ।

उनले बेलायतमा रहेका नेपाली दर्शकको माया, साथ र उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाउने विश्वास व्यक्त गरेका छन्। नेपाली फेस्ट शुक्रबार एलेनडुन हल, स्विन्डनमा आयोजना हुँदैछ ।

कार्यक्रमबाट उठ्ने सम्पूर्ण रकम नेपालका बाढीपीडितका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने आयोजकले जनाएको छ । कार्यक्रमको लागि बेलुकी ७ बजे ढोका खुला हुनेछ । कार्यक्रममा प्रवेश शुल्क अग्रिम २० पाउन्ड र गेटमा लिँदा २५ पाउन्ड लाग्ने छ । कार्यक्रम स्थलमा खाना र पिय पदार्थ उपलब्ध हुनेछ भने पार्किङ नि:शुल्क हुने आयोजकले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!