भोटेकोशी बाढीपीडितका लागि एनआरएनए यूके प्रेम गाहा समुहले नुवाकोटमा राहत वितरण गरिने

SHARE:

लन्डन – गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई राहत वितरण गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके प्रेम गाहा समुहले स्थलगत मानवीय राहत अभियान तीव्र पारेको छ। पीडित परिवारहरूको तत्कालको आवश्यकता पहिचान गरी सहयोग छिटो, प्रत्यक्ष र पारदर्शी रूपमा पुर्‍याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ।

एनआरएनए यूकेद्वारा प्राप्त जानकारी अनुसार, आगामी सोमबार, २८ सेप्टेम्बर २०२६ का दिन नुवाकोट जिल्लाका दुई विभिन्न स्थानमा प्रत्यक्ष राहत सामग्री तथा नगद सहयोग हस्तान्तरण गरिने भएको छ।राहत वितरण कार्यक्रमको समय तालिका:

१. पहिलो चरण:

  • स्थान: गंगटे पार्क, विदुर नगरपालिका-५, नुवाकोट
  • समय: दिउँसो १२:०० बजे

सहयोग विवरण: करिब १२ प्रभावित घरपरिवारका ३० जना सदस्यहरूलाई न्यानो ज्याकेट तथा उनीहरूको तत्काल आवश्यकताअनुसार नगद सहयोग उपलब्ध गराइनेछ।

२. दोस्रो चरण:

  • स्थान: पोष्टबहादुर बोगटी स्मृति पार्क, पिपलटार, विदुर नगरपालिका-५, नुवाकोट
  • समय: दिउँसो २:०० बजे

सहयोग विवरण: करिब ४७ प्रभावित घरपरिवारका २७० जनालाई प्रतिपरिवार एकवटाका दरले जम्मा करिब २७० वटा न्यानो ज्याकेट तथा परिवारको आवश्यकताअनुसार नगद सहयोग वितरण गरिनेछ।

बाढी तथा पहिरोका कारण घरबारविहीन भई कष्टकर जीवन बिताइरहेका बाढीपीडितहरूका लागि यो सहयोगले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, हाल नेपालमा रहनुभएका सम्पूर्ण सहकर्मी, मिडियाकर्मी, मित्र तथा शुभेच्छुकहरूलाई आगामी २८ सेप्टेम्बरको यस मानवीय राहत अभियानमा स्वयंसेवकका रूपमा सहभागी भई हातेमालो गर्न एनआरएनए यूकेले हार्दिक अनुरोध गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!