लन्डन । बेलायतवासी पूर्व गोर्खा सैनिक रामबहादुर थापा र भद्रमाया थापा दम्पतीले स्वर्गीय छोरी स्व. शर्मिश थापाको स्मृतिमा भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।
तनहुँको भानु नगरपालिका-१२ बयापानी घर भई हाल बेलायतको फार्नबोरो बस्दै आएका थापा दम्पतीले दिवंगत छोरीको जन्मदिनको अवसर पारेर बिहीबार २४ सेप्टेम्बर २०२६ मा बाढीपीडितका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाएका ज्वाइँ टीकाबहादुर थापाले एभरेस्ट टाइम्सलाई जानकारी दिए ।
नेपाल र नेपाली दु:खमा परेको बेला सहयोग गरौं र यस्तो पुण्य कार्यमा सहयोग गर्दा छोरीको आत्माले शान्ति पाउने विश्वाससहित सहयोग गरेको बताइएको छ । शर्मिश थापाको गत मार्चमा बेलायतमै उपचारको निधन भएको थियो ।
उनीहरुले यसअघि पनि बेलायत र नेपालमा बिरामी, अशक्त, शिक्षा, गाउँ विकासलगायत क्षेत्रमा सहयोग गर्दै आएका छन् ।






