विश्वकर्मा वेल्फर सोसाइटी युकेले भोटेकोशी बाढीपीडितको लागि ५ लाख २० हजार भन्दा बढी (£२६०२) रुपिया नेपाली राजदूतावास लन्डनलाई हस्तान्तरण गरेको छ।
हस्तान्तरण कार्यक्रम संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष कृष्ण गहतराजको नेतृत्वले बिहिवार २४ सेप्टेम्वर २०२६ को दिन नेपालको लागि नेपाली कार्यवाहक राजदुत विपिन दुवाडी र नेपालवाट बेलायत भ्रमणमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिदुसी राणालाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
उक्त हस्तान्तरण कार्यक्रममा संस्थाको प्रमुख सल्लाहकार नगेन्द्र रामदाम, सल्लाहकार चित्र सेन्चुरी, उपाध्यक्ष, केशब रसाईली, कार्यसमितिका सदस्य हरु जनक रामदाम, टकेंद्र बराल र आजीवन सदस्य शेर बहादुर धमाल सहभागी रहेका थिए।






