लन्डन । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन यही आइतबार, २७ सेप्टेम्बर २०२६ मा हुने भएको छ।
अधिवेशन बिहान ११:३० बजेदेखि अल्डरसटस्थित द प्यालेसमा आयोजना हुने अधिवेशन तयारी समितिले जनाएको छ।
अधिवेशनमा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू एवं बेलायतस्थित नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अपिल गरिएको छ।
अधिवेशनलाई भव्य, सभ्य, एकताबद्ध र सफल बनाउन सबैको सक्रिय सहभागिताका लागि अधिवेशन तयारी समितिका सदस्य तथा सहमहामन्त्री असल लिम्बूले अनुरोध गरेका छन्।
जनसम्पर्क समितिको अधिवेशन गराउने गरी पार्टी केन्द्रले समाजसेवी शेरबहादुर सुनारलाई संयोजक यसअघि नै तोकेको थियो ।






