बेलायत — शनिबार, २६ सेप्टेम्बर २०२६ का दिन चर्चित तथा लोकप्रिय गायक गोबिन पुनलाई ‘तीन गाउँले समाज यूके’ र ‘मोना यूके’ले संयुक्त रूपमा एक कार्यक्रमबीच बिदाइ गरेका छन्। बिदाइ कार्यक्रम बेलायतको अल्डरसटस्थित ‘दि लन्ज रेस्टुरेन्ट’मा सम्पन्न भएको थियो।
कार्यक्रममा तीन गाउँले समाज यूकेको आमा समूहले गायक गोबिन पुनलाई १ तोला सुन उपहार प्रदान गरेका थिए। उक्त उपहार समाजकी संस्कृति सचिव शिला थापाले हस्तान्तरण गरेकी थिइन्।
सो अवसरमा एनआरएनए यूकेका वरिष्ठ उपाध्यक्ष तीर्थबहादुर मल्ल (अनिल), मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु), मोना यूकेका अध्यक्ष पदमसुन्दर गर्बुजा लगायत ठूलो संख्यामा म्याग्देली तथा नेपाली समुदायका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा तीन गाउँले समाजका अध्यक्ष होम रोकाले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए भने सचिव रविन्द्र रोकाले कार्यक्रम सञ्चालन गरेका थिए।







