मगर संघ यूके युएचएसबी शाखाद्वारा बाढीपीडितका लागि राहत रकम हस्तान्तरण

SHARE:

बेलायत – मगर संघ यूके युएचएसबी शाखाका अध्यक्ष बिर बलाल मगरले भोटेकोशी बाढीपीडितका लागि मगर संघ यूकेका अध्यक्ष लाल बहादुर पुन (लालु) लाई तीन लाख रुपैयाँभन्दा बढी (१,६८९ पाउण्ड) को चेक हस्तान्तरण गरेका छन्।

उक्त चेक शनिबार, २६ सेप्टेम्बर २०२६ का दिन बेलायतको फार्नबोरोस्थित मगर भवनमा हस्तान्तरण गरिएको हो। यसअघि नै युएचएसबी शाखाले दुई लाख र लेडिज समितिले एक लाख गरी जम्मा तीन लाख नेपाली रुपैयाँ रसुवाका बाढीपीडित एक मगर परिवारका लागि नेपाल पठाइसकेको अध्यक्ष बिर बलाल मगरले जानकारी दिएका छन्।

त्यसैगरी, मगर संघ यूकेका महासचिव गोमन पुन मगरले विभिन्न शाखा संगठनहरूबाट बाढीपीडितका लागि राहत संकलन भइरहेको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म रेडिङ शाखाबाट १,५१२ पाउण्ड, वेम्बली शाखाबाट १,१९९ पाउण्ड, वेल्सबाट १,६२१ पाउण्ड र युएचएसबी शाखाबाट १,६८९ पाउण्ड संकलन भइसकेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!