गोर्खा मिडियाको छैटौं वार्षिकोत्सव सम्पन्न

SHARE:

बेलायत – बेलायतबाट सञ्चालित गोर्खा मिडियाको छैटौं वार्षिकोत्सव आइतबार, २७ सेप्टेम्बर २०२६ का दिन बेलायतस्थित तमु धीं युकेको भवनमा भव्यताका साथ सम्पन्न भएको छ।

वार्षिकोत्सव समारोहमा विश्वकीर्तिमानी डा. हरि बुढा मगर, स्वास्थ्यकर्मी तथा समाजसेवी मन्जु गुरुङ राई, एनआरएन युकेका पूर्वअध्यक्ष तथा समाजसेवी सूर्य गुरुङ र गायिका तथा नायिका प्रिया गुरुङलाई सम्मान गरिएको छ। उनीहरूलाई गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र सल्लाहकार एकिन्द्र गुरुङले दोसल्ला ओढाई, प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेका छन्।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको परिचय प्रस्तुत गरिएको थियो भने सह-सम्पादक प्रकाश गुरुङले प्रशंसापत्र वाचन गरेका थिए। त्यस्तै, गोर्खा मिडियाको स्थापनाकालदेखि वर्तमानसम्मका गतिविधिको बारेमा तयार गरिएको पावरपोइन्ट प्रस्तुतिकरण देखाइएको थियो।

समारोहका प्रमुख अतिथि कार्यवाहक राजदूत दुवाडीले गोर्खा मिडिया छैटौं वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै मिडियाले समाजमा पुर्‍याएको योगदान र खेलेको भूमिकाको उच्च प्रशंसा गरे। कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि गोर्खा मिडियालाई सफलताको शुभकामना मन्तव्य राखेका थिए।

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सल्लाहकार एकिन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सह-सम्पादक प्रकाश गुरुङले गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!