तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

SHARE:

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता गरेको छ।

नेपाल बसाइको अन्तिम दिन साँझ ५ बजे बेलायती दूतावासमा भएको भेटमा तमु धीं बेलायतका महासचिव डा. विशाल गुरुङले संस्थाको परिचय, गतिविधि तथा बेलायतमा नेपाली समुदायका लागि गर्दै आएको कामबारे जानकारी गराउनुभएको थियो।

भेटका क्रममा जेम्स टुलले तमु धीं बेलायतले गर्दै आएको सामाजिक तथा सामुदायिक कार्यप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले बेलायत सरकारले नेपाली डायस्पोरासँग थप सहकार्य र संलग्नता बढाउने योजना अघि बढाइरहेको जानकारी गराउँदै तमु धीं बेलायतका गतिविधिबारे बेलायती विदेशमन्त्रीलाई समेत जानकारी गराउने बताउनुभयो।

टुलले आगामी फेब्रुअरी २०२७ मा तमु धीं बेलायतले आयोजना गर्ने नेपाल भ्रमणमा आफू पनि सहभागी हुन सक्ने सम्भावना रहेको बताउनुभएको थियो।

भेटवार्तापछि दूतावासका तर्फबाट तमु धीं बेलायतका उपाध्यक्ष श्री कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव श्री बिमल गुरुङ, आमा समूहकी अध्यक्ष श्री कमला देवी गुरुङ तथा पत्रकार श्री डण्ड गुरुङलाई बेलायती दूतावासको भ्रमण गराइएको थियो।

भेटका क्रममा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपाली डायस्पोराको भूमिका तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!