पुन मगर समाज युकेको पुख्र्यौली अभ्यास कार्यक्रम ४ अक्टोबरमा हुने

SHARE:

बेलायत – पुन मगर समाज युकेद्वारा ‘पुख्र्यौली अभ्यास कार्यक्रम’ आगामी अक्टोबर ४ तारिखका दिन हेज, लण्डनमा आयोजना हुने भएको छ।

उक्त पुख्र्यौली अभ्यास कार्यक्रममा पुख्र्यौली नाचमा सरस्वती बर्णाउने, कसरी मादल बजाउने, थालनी गर्ने, समापन गर्ने, आशीर्वाद दिने, हाइ हाल्ने, गीत गाउने, नाचनेलगायत सुख र दुःखमा कस्ता-कस्ता गीत र ताल गाउने तथा खेल्ने भनेर आधारभूत अभ्यास गराउने पुन मगर पुख्र्यौली समूहका अध्यक्ष बिल पुर्जा पुन मगरले जानकारी दिनुभएको छ।

यो पुख्र्यौली अभ्यास सिक्न ईच्छुक बेलायतवासी सम्पूर्ण मगर तथा गैरमगर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आमन्त्रण गरिएको छ।यस कार्यक्रममा खाना तथा बिबिक्युको समेत व्यवस्था गरिएको छ। कार्यक्रमको स्थान: 13 St. Peters Way, Harlington, Hayes, UB3 5AB मा आयोजना गरिने भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!