तमुधिं लन्डन इकाईले मनायो ल्होछार, बेलायती सांसदद्वारा कार्यक्रम उद्घाटन

SHARE:

नारायणप्रसाद गुरुङ बिईएम
लन्डन । तमुधिं लन्डन इकाईले विविध कार्यक्रमका साथ तमुहरुको महान् पर्व ल्होछार मनाएको छ ।

गत शनिबार १२ जनवरीका दिन लन्डनस्थित ग्रिनफोर्ड टाउन हलमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको हो । तमुहरुको धार्मिक परम्पराअनुसार कुकुर वर्गको बिदाइ र मृग वर्गको स्वागत गर्दै हर्षोल्लासका साथ ‘फो ल्होछार’ मनाइएको हो । स्थानीय ह्यारो ईष्टका बेलायती सांसद बब ब्लाकमेनको प्रमुख आतिथ्यमा सम्पन्न ल्होछार कार्यक्रमको सुरुमा गएको एक वर्षमा निधन भएका इकाईका सदस्यहरुप्रति भावपूर्ण श्रद्धाञ्जली दिंदै १ मिनेट मौनधारण गरिएको थियो ।

लन्डनस्थित तमुहरुको बाक्लो उपस्थिति रहेको ल्होछार कार्यक्रमलाई प्रमुख अतिथि सांसद ब्लाकमेन, तमुधिं युकेका कार्यवाहक अध्यक्ष हित काजी गुरुङ, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, काउन्सिलर लक्ष्य गुरुङ, धर्मगुरु खेम्पो सन्तोष गुरुङ, तमुधिं लन्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ, निवर्तमान अध्यक्ष दिपक (डेविड) गुरुङलगायतले संयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सांसद बब ब्याल्कमेनले तमुधिं लन्डन इकाईले ल्होछारमा निमन्त्रणा गरेकोमा विशेष धन्यवाद दिँदै खुसी ब्यक्त गरे । लन्डनमा यति भव्यरुपमा नेपाली चाडपर्व मनाउन पाउनु खुसीको कुरा भएको बताउँदै कार्यक्रममा निम्तो दिएकोमा आयोजकलाई विशेष धन्यवाद व्यक्त गरेका थिए । तमुधिं युकेको निमण्त्रणामा नेपालबाट आएका लामा धर्मगुरु खेम्पो सन्तोष गुरुङको प्रवचन पूजा तथा धर्मगुरु खुशीमान गुरुङले ल्होछारको शुभकामना सन्देशबाट कार्यक्रम शुभारम्भ गरिएको थियो ।

त्यसअवसरमा तमुधिं युकेका नवनिर्वाचित पदाधिकारीहरुलाई विशेष सम्मान गरिएको थियो । मन्तव्य राख्नेक्रममा तमुधिं युकेका कार्यवाहक अध्यक्ष हित काजी गुरुङले शुभकामना व्यक्त गर्दै तमुधिं लन्डन इकाईले गरिरहेको सामाजिक कामको प्रशंसा गरे । त्यसैगरी समाजको स्थापनाकालदेखि अनवरतरुपमा विभिन्न महत्वपूर्ण पदहरुमा रहेर योगदान गरेका महानुभावहरुलाई तमुधिं लन्डन इकाईको तर्फबाट विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सफल पार्न सम्पूर्ण आमा समूहको विशेष भूमिका रहेको थियो । कार्यक्रममा आमा समूहकी अध्यक्ष दिलमाया गुरुङले शुभकामना व्यक्त गरिन् । समाजले सोही अवसरमा आप्mना नयाँ आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र वितरण गरी समाजमा औपचारिक रुपमा स्वागत गरेको थियो ।

दुई चरणमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो भने दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम थियो । साँस्कृतिक कार्यक्रममा बिनु, लक्ष्मी, गुद्डु, पार्वती, चन्द्रदेबी गुरुङले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै, कार्यक्रममा नेपालबाट आएका चर्चीत गायक टंक बुढाथोकी, अनु गुरुङ, गोविन गुरुङ, स्थानीय कलाकार सुशील गुरुङ र मिना आले गुरुङले विभिन्न चर्चित गीतहरु गाएर सबैलाई नचाएका थिए । कार्यक्रममा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने भेषभूषा र नाचगान प्रदर्शन गरिनुका साथै अन्य स्थानीय कलाकारका गीत, नृत्यसहित विशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रमको अन्तमा कार्यक्रममा सहभागी सबैलाई इभेन्ट कोअर्डिनेटर तथा समाजका उपाध्यक्ष चेत गुरुङले धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा सपन इन्टरटेन्टमेंनका सपनकुमार राईको व्यवस्थापनमा साउण्ड सिस्टम रहेको थियो भने गोर्खा किचनको स्वादिस्ट भोजनको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा एनआरएनए युके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, महासचिव आरके त्रिपाठी, एनआरएन युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, काउन्सिलर लक्ष्य गुरुङ, तमुधिं युकेका उपाध्यक्ष हरि गुरुङ र जुमकाजी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र सुर्जे गुरुङ, सुबास गुरुङ, सहारा युकेका अध्यक्ष कुमार गुरुङ, निवर्तमान अध्यक्ष मिनबहादुर गुरुङ (साइँला), बिसिसी युकेका अध्यक्ष नरेश गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, ईलामपोखरी समाज युकेका अध्यक्ष पूर्णराज गुरुङ, चारभञ्ज्याङ्ग तमु समाज युकेका अध्यक्ष मेजर कृष्ण गुरुङ, साउथ ईस्ट लन्डनका उपाध्यक्ष सुमन गुरुङ, आमा समूहकी अध्यक्ष पार्वती गुरुङ, क्याप्टेन नारायणबहादुर गुरुङ, एमभिओलगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, अतिथिहरुको उपस्थिति थियो ।

कार्यक्रमको सुरुआतमा तमुधिं लन्डन इकाईका उपाध्यक्ष विष्णु गुरुङले सबैलाई स्वागत गर्दै हेल्थ एन्ड सेप्टीबारेमा जानकारी गराएका थिए । त्यस्तै, औपचारिक कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक एवं समाजका उपाध्यक्ष चेत गुरुङले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिँदै ११ आंै तमुधिं लन्डन इकाईको ल्होछार अवसरमा उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिए ।

तमुधिं लन्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई महासचिव भरत गुरुङले सञ्चालन गरेका थिए । त्यस्तै, कार्यक्रमको दोस्रो चरणमा मिस यूके नेपाल सिर्जना गुरुङ र सञ्जु घलेले आकर्षक शैलीमा सांगीतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!