बेलायत – तमु लम परिवार युकेको पहिलो वार्षिक तथा पारिवारिक भेटघाट कार्यक्रम आगामी १० अक्टोबर २०२६ का दिन आयोजना हुने भएको छ। कार्यक्रम बेलायतको अल्डरसट शहरस्थित एम्पायर हलमा सम्पन्न हुने तमु लम परिवार युकेको अध्यक्ष रामचन्द्र गुरुङले जानकारी दिएका छन् ।
“एकताको उत्सव मनाउने – आफ्नोपनको भावना जगाउने” मुख्य उद्देश्यसहित आयोजित यस विशेष अवसरमा बेलायतमा रहनुभएका तमु लम परिवारका सम्पूर्ण आमा-बुबा, दाजुभाइ, दिदीबहिनी, छोरी-चेली, ज्वाइँ, छोरा-छोरीहरू लगायत सम्पूर्ण परिवारजनहरूलाई उपस्थित भई यस पारिवारिक भेटघाटलाई आत्मीय, भव्य र अविस्मरणीय बनाउन आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ।





