बेलायतमा तमु कलाकार सांस्कृतिक मञ्च यूकेको बैठक, रोधीं साँझ-२०२७ लगायत विषयमा छलफल

SHARE:

लन्डन । तमु कलाकार सांस्कृतिक मञ्च यूकेको पाँचौँ कार्यसमिति तथा सल्लाहकार र सदस्यहरूको संयुक्त बैठक रोधीं साँझ-२०२७ को तयारीसहित विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको छ ।

अक्टोबर ४, २०२६ आइतबारका दिन बर्न्ट ओक नेपाली कम्युनिटी सेन्टरमा संस्थाका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा बैठक बसेको हो । बैठकको पहिलो चरणमा रोधीं साँझ-२०२७ को तयारी तथा संस्थाका विविध विषयमा छलफल गरिएको थियो । रोधीं साँझ-२०२७ का संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष हेलिशा गुरुङको संयोजकत्वमा कार्यक्रमको तयारी, जिम्मेवारी बाँडफाँडलगायत विषयमा छलफल भएको मञ्चले जानकारी दिएको छ ।

बैठकमा कोषाध्यक्ष बिनु गुरुङले संस्थाको आय–व्यय तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै संस्थाको खातामा हाल ६४४ पाउन्ड ८७ पेन्स मौज्दात रहेको जानकारी गराएकी थिइन् । त्यस्तै, नेपाली मेला २०२६ मा संस्थाले छोटो तयारीसहित नृत्य प्रस्तुत गरी २०० पाउन्डको सान्त्वना पुरस्कार प्राप्त गरेको जानकारी गराइएको थियो । पुरस्कार रकममध्ये तीन जना कलाकारलाई जनही ५० पाउन्डका दरले १५० पाउन्ड प्रदान गरिएको र बाँकी ५० पाउन्ड संस्थाको कोषमा जम्मा गरिएको जनाइएको छ।

आगामी दिनमा नेपाली मेलामा संस्थाको सहभागितालाई थप प्रभावकारी बनाउन समयमै अभ्यास तथा तयारी गर्नुपर्नेमा बैठकले जोड दिएको थियो। अध्यक्ष कृष्ण गुरुङसहित सहभागीहरूले संस्थाका गतिविधिमा सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। संस्थापक अध्यक्ष सूर्य गुरुङको गीत तथा कविता संग्रह प्रकाशनमा तमु कलाकार सांस्कृतिक मञ्च यूकेको लोगो राख्ने विषयमा पनि छलफल भएको थियो। बैठकले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

यसैगरी, तमु ल्होसार २०२६ को शुभकामना आदानप्रदान कार्यक्रम १३ डिसेम्बर २०२६ आइतबार नर्थ हलमा आयोजना गर्ने निर्णय गरिएको छ । बैठकका क्रममा संस्थाका सल्लाहकार चन्द्रध्वज गुरुङले ५० पाउन्ड आर्थिक सहयोग गरेका थिए । अध्यक्ष कृष्ण गुरुङ, सचिव इन्द्रजित गुरुङ, धर्म लामा गुरुङ र पूर्ण गुरुङले पियपदार्थ र खानालगायत सहयोग गरेका थिए।

त्यस्तै, सल्लाहकार तथा कलाकार मिन गुरुङले संस्थाको पुरानो र क्षतिग्रस्त तबलाको स्थानमा १२५ पाउन्ड मूल्य बराबरको नयाँ तबला सहयोग गरेका थिए। बैठकले संस्थामा नयाँ सदस्य तथा कलाकारका रूपमा नारायण गुरुङलाई स्वागत गर्दै आजीवन सदस्यका रूपमा दर्ता गरेको छ। उनलाई अध्यक्ष कृष्ण गुरुङले खादा लगाएर स्वागत गरेका थिए।

तमु कलाकार सांस्कृतिक मञ्च यूकेको पाँचौँ रोधीं साँझ २०२७ आगामी २० मार्च २०२७ शनिबार आयोजना हुने भएको छ । बैठकमा कार्यक्रमका संयोजक तथा वरिष्ठ उपाध्यक्ष हेलिशा गुरुङले कार्यक्रमको तयारी, जिम्मेवारी बाँडफाँड तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराएकी थिइन्।

गायिका शर्मिला गुरुङलाई स्वागत
बैठकको दोस्रो चरणमा सांगीतिक यात्राका लागि नेपालबाट बेलायत पुगेकी चर्चित गायिका तथा तमु कलाकार संघ नेपालकी निवर्तमान अध्यक्ष शर्मिला गुरुङलाई संस्थाका तर्फबाट स्वागत तथा सम्मान गरिएको थियो। अध्यक्ष कृष्ण गुरुङले गायिका शर्मिला गुरुङलाई खादा ओढाउँदै मायाको चिनो प्रदान गरेका थिए। स्वागतपछि शर्मिला गुरुङले तमु कलाकार सांस्कृतिक मञ्च यूकेप्रति आभार व्यक्त गर्दै संस्थाको निरन्तर प्रगतिको शुभकामना दिएकी थिइन्।

बैठकको अन्त्यमा अध्यक्ष कृष्ण गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै बैठकमा प्राप्त सुझाव तथा सल्लाहले संस्थाका आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। त्यसपछि बैठक समापन गरिएको थियो।

बैठकपछि सहभागीहरूबीच खानपिनसँगै गायिका शर्मिला गुरुङको प्रस्तुति तथा संस्थाका कलाकारहरूको सांगीतिक प्रस्तुतिसहित मनोरञ्जनात्मक कार्यक्रमसमेत भएको थियो। बैठकमा अध्यक्ष कृष्ण गुरुङ, सचिव इन्द्रजित गुरुङ, धर्म लामा गुरुङ, पूर्ण गुरुङ, कुमार गुरुङ, मिन गुरुङ, श्री गुरुङ, हेलिषा गुरुङ, बिनु गुरुङ, लिला गुरुङ, नवीन गुरुङ, मिमकाजी गुरुङ, वाईपीजी, नारायण गुरुङ, धनबहादुर गुरुङ, काशीदेवी गुरुङ, पार्वती गुरुङ, प्रेमबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!