नगेन्द्र नेम्वाङ
सानो परिवार, सुखी परिवार र आनन्दित जीवन बिताउने सबैको चाहना हुन्छ । खुसी जीवन बिताउनका लागि अपनाउनु पर्ने धेरै चीजहरु छन् । तीमध्येको स्वास्थ्य जोगाउन, शरीर स्वस्थ राख्न र मन आनन्दित प्राप्त गर्न त्यत्ति सजिलो छैन ।
शरीर स्वास्थ्य कायम राख्नका लागि स्वस्थकर भोजन, नियमित व्यायाम, गहन आराम, गाढा निद्रा र पर्याप्त पानी पिउनु पर्दछ । व्यायाम र आरामलाई थाँती राखेर स्वस्थकर भोजनको चर्चा गरौं । चिल्लो, बोसो तेल, सेतो चामल, सेतो चिनी, सेतो नून, बजारमा तयार पारेका खानेकुरा, फास्ट फुड, जंक फुड, स्वास्थ्यका लागि लाभदायिक नभएको विज्ञहरु बताउँछन् ।
मनोवैज्ञानिकहरु माथि उल्लेखित खानाहरुमा रेसा नभएको कारणले गर्दा शरीरमा कब्जियत रोग निम्त्याउन सक्ने बताउँछन् । कब्जियत रोग सबै रोगका मूल कारण बन्न जान्छ । त्यसैले कब्जियत रोगबाट बच्न सकियो भने शरीरमा रोग लाग्ने संभावना कम हुन जान्छ । स्वस्थकर भोजन ग्रहणका लागि चिल्लो बोसो, तेलको प्रयोग कम गर्ने, सेतो चामलको सट्टा रेसायुक्त खैरो चामल, ब्राउन राइस र सेतो चिनीको ठाउँमा मह, सक्खर प्रयोग गर्न सकिन्छ । सेतो नुनलाई हटाउन सकिन्न त्यसको मात्रा घटाउन सकिन्छ ।
खाना खाने तरिका, बिहानको खाना टन्न, किनकि शरीरलाई शक्ति चाहिने हुन्छ । जुन शक्ति खानाबाट प्राप्त हुन्छ । दिनको खाना अलिक कम, बेलुकीको खाना धेरै कम गर्नुपर्ने हुन्छ । बेलुकी टन्न खाएर सुतियो भने शरीर मोटाउने र स्वास्थ्य बिग्रने धेरै संभावना हुने बताउँछन्, स्वस्थकर्मीहरु ।
स्वस्थ बन्नका लागि दैनिक भोजनमा समावेश गर्नुपर्ने स्वस्थकर भोजन चर्चा गर्नु पर्दा चिया कफी २ कपमात्र पिउनु पर्दछ । त्यस्तै, ब्राउन राईसको भात, मांसहारीका लागि माछा, हरियो सागसब्जी, तरकारी अनिवार्य खानु पर्दछ ।
बेलुकीको खाना चोकरसहितको गहुँको परिकारबाट बनेको सुक्खा रोटी, पानी १ देखि ३ लिटरसम्म, पाँच किसिमको फलपूmल मौसमअनुसार, शरीर कमजोर महसुस भएमा कागती महपानी पिउनु सर्वोत्तम मानिन्छ । वियर पिउनेहरुका लागि ५०० एमएल र रेड वाईन सुत्ने बेलामा १ प्याक स्वास्थ्यका लागि हानीकारक नहुने बताउँछन् स्वास्थ्यकर्मीहरु ।