ताप्लेजुङ समाज युकेको अध्यक्षमा बुद्धिमान दर्नाल

SHARE:

छत्र वनेम
लन्डन । ताप्लेजुङ समाज युकेको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

१२ जनवरी शनिबार आस्फोर्डमिा भएको अधिवेशनले संस्थाको पाँचौं कार्यसमितिका लागि बुद्धिमान दर्नालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा जीवनप्यारा मादेन, नर साबेनहिम, जित मेन्याङ्बो, महासचिबमा श्रीमती जानु काम्बाङ, सचिव सौजन पन्धाक र पूर्ण मादेन चयन भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा निमा ग्याबु लामा, सहकोषाध्यक्ष दीपेन्द्र गुरुङ रहेका छन् । सदस्यहरुमा नेपाल ताप्लेजुङ र बेलायतको बिभिन्न क्षेत्रमा छरिएर रहेका ताप्लेजुङवासीहरुको प्रतिनिधित्व र समाबेशीताको आधारमा मनोतित गर्ने जिम्मा कार्यसमितिलाई दिएको छ ।

संस्थाको चौथो कार्यसमितिको कार्यकाल पूरा भई नयाँ कार्यसमिति चयनका लागि बसन्त गुरुङको अध्यक्षतामा सचिब छत्र वनेम र सदस्य टंक एङ्देन रहेको तीन सदस्यीय निर्वाचन समितिले सहमतिका आधारमा संस्थाको पाँचौ कार्यसमितिको नामावली घोषणा गरिएको थियो ।

समाजकी अध्यक्ष अमृता पालुङ्वा साबेन्हिमको अध्यक्षतामा सुरु भएको अधिबेशनामा तेह्रथुम समाज युकेका अध्यक्ष डम्बर सिङ्गक, धनकुटा समाज युकेका अध्यक्ष एमपी लिम्बु, संखुवासभा समाज यूकेका कोषाध्यक्ष चित्र गोङ्देन, चुम्लुङ युकेका सल्लाहकार श्रीप्रसाद साम्यु, लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष नरेन्द्रद्रमाबोहाङलगायत संस्थाका सल्लाहकार एबं बेलायतका विभिन्न क्षेत्रमा रहेका जिल्लावासीहरुको उपस्थिति रहेको थियो ।

सचिव रत्नकुमार लाबुङले संस्थाको सांगठनिक प्रतिबेदन प्रस्तुत गरेपश्चात् सह–कोषाध्यक्ष निमा ग्याल्बु लामाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!