बेलायतवासी छविमाया पुनलगायतको प्रस्तुतिको ‘सलाम छ लाहुरे दाइ’लाई १२ दिनमै ७ लाखभन्दा बढी भ्युज

SHARE:

लन्डन । बेलायतवासी छविमाया पुन र सुदन गुरुङको प्रस्तुतिमा रहेको गीत ‘सलाम छ लाहुरे दाइ, पल्टनमै लैजाऊ न !’ सार्वजनिक भएको १२ दिनमै ७ लाखभन्दा बढी पटक हेरिएको छ।

गीतले छोटो समयमै दर्शक तथा श्रोताको उल्लेखनीय साथ पाएपछि प्रस्तुतकर्ता छविमाया पुनले खुसी व्यक्त गर्दै सबैप्रति आभार प्रकट गरेकी छन्। ‘यो गीतलाई माया, साथ र समर्थन दिनुहुने सम्पूर्ण दर्शक तथा श्रोताप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूको माया र साथले नै यो सफलता सम्भव भएको हो,’ छविले भनिन्, ‘आगामी दिनमा पनि यस्तै माया, साथ र आशीर्वादको अपेक्षा गर्दछु।’

गीतले १२ दिनमै ७ लाखभन्दा बढी भ्युज प्राप्त गर्नुलाई दर्शक तथा श्रोतामाझ गीतको लोकप्रियता बढ्दै गएको संकेतका रूपमा लिइएको छ। उक्त गीतमा युवराज मगर र शान्ति श्री परियारको आवाज रहेको छ । पल शाह र खुसी कार्कीको बेजोड अभिनय रहेको उक्त गीत युवराज मगरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । शब्द भेन नेत्र अर्यालले लेखेका हुन् । निर्देशन सुनिल बिकको रहेको छ भने सम्पादन प्रविन भट्टले गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!