लन्डन । श्रम संस्कृति सोसाइटी युकेको औपचारिक उद्घाटन तथा पहिलो साधारणसभा आइतबार १ नोभेम्बर २०२६, आइतबारका दिन भव्य रूपमा आयोजना हुने भएको छ।
हाम्रो साझा विरासत, नैतिक शासन र सामुदायिक भावनालाई उत्सवको रूपमा मनाउन संस्थाले सम्पूर्ण महानुभावहरूलाई उपस्थिति हुन हार्दिक आह्वान गरेको छ। उक्त कार्यक्रम बेलायतको अल्डरसटस्थित एम्पायर हल मा दिउँसो १२:०० बजेदेखि राति ८:०० बजेसम्म सञ्चालन हुनेछ।
खानाको समेत व्यवस्था रहेको कार्यक्रमका लागि प्रवेश शुल्क तथा प्रायोजन रकम २० पाउन्ड तोकिएको छ। कार्यक्रमस्थलको ढोकामै संस्थाको सदस्यता समेत प्राप्त गर्न सकिनेछ।
कार्यक्रमसम्बन्धी थप जानकारी तथा समन्वयका लागि इभेन्ट कोर्डिनेटर श्रमदाता सन्तोष राई र कोर्डिनेटर श्रमदाता मनोज पुनलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।






