चर्चित तथा लोकप्रिय गायिका निता थापा मगरको बिदाइ सम्पन्न

SHARE:

लन्डन । ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता, चर्चित तथा लोकप्रिय गायिका निताकुमारी थापा मगरको बिदाइ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम गत शुक्रबार, ३० अक्टोबर २०२६ का दिन बेलायतको अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको हो।

गायिका थापा मगरलाई मगर संघ युकेले गत जुलाईमा आयोजित ओपन कन्सर्टका लागि युके आमन्त्रण गरेको थियो। बिदाइ कार्यक्रममा मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन मगर (लालु), पूर्वअध्यक्ष सुनिल राना मगर, ट्रस्टीहरू क्याप्टेन तम ढेगा मगर, नेत्र आले मगर र छविमाया पुन मगर, कोषाध्यक्ष मोहन थापा मगर, सचिव अनिल थापा मगर, सह–सांस्कृतिक सचिव रुक आले मगर, सल्लाहकारहरू गोमा राना मगर, लेख राना मगर, ऋषिराम राना मगर र सोम राना मगरको उपस्थिति रहेको थियो।

त्यसैगरी, कार्यक्रममा निवर्तमान १ आरजीआर गोर्खा मेजर (मेजर ललित गुरुङ), गोर्खा गल्फ सोसाइटीका अध्यक्ष गीताजंग गुरुङ, तनहुँ समाज युकेका महासचिव महेन्द्र आलेलगायत शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

बिदाइ कार्यक्रममा भावुक हुँदै गायिका निता थापा मगरले बेलायत आउने सुनौलो अवसर प्रदान गरेकोमा मगर संघ युकेप्रति विशेष आभार व्यक्त गरिन् । साथै, बेलायतमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्षहरू तथा आफूलाई आमन्त्रण गरी कला प्रस्तुत गर्ने अवसर दिने सम्पूर्ण महानुभावहरूलाई उनले हार्दिक धन्यवाद ज्ञापन गरिन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!