विदेशमा रहेका नेपालीको नागरिकताको विषयको काम अन्तिम चरणमा : रास्वपा सांसद मनिष झा

SHARE:

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सांसद तथा विदेश विभाग प्रमुख मनिष झासँग दक्षिण–पूर्वी लन्डनको प्लमस्टेडमा आयोजित अन्तरक्रिया प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्।

विदेशमा रहेका नेपालीले बारम्बार उठाउने नागरिकता, दोहोरो कर प्रणालीलगायतका विषयमा सहभागीहरूको प्रश्नको जवाफ दिँदै झाले आफूहरू ती विषयमा स्पष्ट धारणा र समाधानको प्रयाससहित आएको सहभागी भोजराजले जानकारी दिए । विशेषगरी नागरिकताको विषयमा भइरहेको काम अन्तिम चरणतर्फ पुगेको जानकारी दिँदै उनले यस सम्बन्धमा छिट्टै ठोस प्रगति हुने विश्वास व्यक्त गरे।

अन्तरक्रियामा सहभागीहरूले विभिन्न समसामयिक विषयमा प्रश्न राखेका थिए। झाले प्रश्नहरूको शुद्ध नेपाली र अंग्रेजी भाषामा जवाफ दिएका थिए। यस क्रममा उनले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आउने सबै सूचनालाई जस्ताको तस्तै विश्वास नगर्न पनि आग्रह गरे। केही दिनअघि पत्रिकामा आएको ‘हाकिमले गाडी चलाउँदा चालकको तलबसमेत जोडेर लिन मिल्ने’ जस्ता दाबीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले यस्ता विषयमा भरपर्दो माध्यमबाट फ्याक्ट चेक गरेर मात्र विश्वास गर्नुपर्नेमा जोड दिएका थिए।

झा विगतमा तथ्य जाँचसम्बन्धी संस्थासँग पनि आबद्ध रहेको पृष्ठभूमिका कारण सूचना र दाबीको सत्यता पुष्टि गर्नुपर्ने विषयमा उनको विशेष जोड रहेको सहभागीहरूले बताएका छन्। ‘कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष यसको सरल र आत्मीय प्रस्तुति रह्यो। परम्परागत खादामाला र औपचारिकताको बढी प्रदर्शनबिनै सम्पन्न अन्तरक्रियापछि सहभागीहरूले टपरीमा प्रस्तुत गरिएको नेपाली परिकारको स्वाद लिएका थिए,’ बरालले भने ।

अन्तरक्रियाका क्रममा विदेशमा छरिएका नेपालीहरूको नागरिकतासम्बन्धी फरक–फरक मागले समस्या समाधानको प्रक्रिया जटिल बनेको विषय पनि उठ्यो। संसारभरका नेपालीले एउटै साझा मागका रूपमा विषय उठाउनुभन्दा विभिन्न प्रकृतिका माग राख्दा ती सबैलाई कसरी सम्बोधन गर्ने भन्ने द्विविधा हुने गरेको झाको भनाइ थियो।

नागरिकताको विषयमा पनि कसैको दोहोरो नागरिकताको माग, कसैको वंशजको नागरिकताको माग र कसैको गैरआवासीय नेपाली (एनआरएन) नागरिकतासम्बन्धी अपेक्षा रहेका कारण एउटै विषयभित्र पनि फरक–फरक चाहना देखिने गरेका छन्।

प्लमस्टेडको उक्त अन्तरक्रियामा नागरिकता, विदेशमा रहेका नेपालीका अधिकार, कर प्रणाली र नेपालसँगको सम्बन्धलगायत विषयमा सहभागीहरूले चासोपूर्वक प्रश्न राखेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!