विनेसाम पश्चिम शाखा बेलायतको परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

SHARE:

लन्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) पश्चिम शाखा बेलायतको आयोजनामा शनिबार परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली भाषा, कला र साहित्यको प्रवर्द्धनका साथै डायस्पोरामा रहेका नेपालीहरूबीच आपसी भाइचारा र साहित्यिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

सुरक्षासम्बन्धी जानकारी, आसन ग्रहण तथा राष्ट्रिय गानका साथ औपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सल्लाहकारहरूलाई खादा लगाएर भव्य स्वागत गरिएको थियो।

कार्यक्रम विनेसाम बेलायत पश्चिम शाखाकी अध्यक्ष गोमा रानाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाकी संरक्षक डा. सुमाया राई प्रमुख अतिथि तथा प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष लालसुन्दर राई र सल्लाहकार विश्वासदीप तिगेला विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बूको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव गङ्गा भण्डारीले गर्नुभएको थियो। सो अवसरमा सहसचिव कर्मा पहाडी शेर्पाले संस्थाको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सल्लाहकारहरू एकेन्द्र गुरुङ, मुकेश राई, सेमन्त राई, लिला सेलिङ माबो, उपाध्यक्ष जित बुढाथोकी छन्त्याल, सदस्यहरू रघु भण्डारी, होमा लिम्बू, जगनकुमारी गुरुङ तथा विनेसाम बेलायत मिडल्याण्ड शाखाका अध्यक्ष भरत श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

उक्त अवसरमा विनेसाम पश्चिम शाखा बेलायतका पदाधिकारी, संरक्षक, सल्लाहकार तथा आमन्त्रित स्रष्टा, कवि एवं साहित्यकारहरूले आफ्ना उत्कृष्ट रचनाहरू वाचन गर्नुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!