फुर्र उडीगयो यो बैजनी दिन
भोलिको रङ्ग कस्तो होला ?
कस्तो मोड ल्याउने हो समयले,
जीवनको ढङ्ग कस्तो होला ?
आजका सुन्दर र मिठा – मिठा
यी पलहरू राख्दैछु परेलीमा
भाग्यमा लेखेको मेटिंदैन भन्छन्,
भविष्यको जङ्घ कस्तो होला ?
न भोलिको केही खबर नै छ,
न यो समय आफ्नो वशमा छ
आजलाई नै सत्य जीवन मानौँ,
भोलिको प्रसङ्ग कस्तो होला ?
आफ्नै ठानी कलेजोमा लगाएको
आखिर ती नै पराई बन्दै गएछन्
सम्बन्धको यो यात्रामा खोई ….
आत्मीयताको तरङ्ग कस्तो होला ?






