लन्डन । ईलमपोखरी समाज यूकेको १७ औं वार्षिक साधारणसभा यही ७ नोभेम्बरमा हुने भएको छ ।
अल्डरसटस्थित डे लाउन्ज रेस्टुरेन्ट एन्ड बारमा वार्षिक साधारणसभा हुने ईलमपोखरी समाज यूकेका अध्यक्ष परशु गुरुङ जानकारी दिएका छन् । कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म तय गरिएको छ ।
अध्यक्ष गुरुङले साधारणसभामा सहभागी हुने समाजका सम्पूर्ण सदस्यहरुलाई आग्रह गरेका छन् । कार्यक्रमको दिन खाजा, खानाको व्यवस्थासमेत गरिएको छ ।







