पप्पी अपिलमा बेजिङस्टोक नेपाली समाजका १४ स्वयंसेवकको सहभागिता

SHARE:

बेजिङस्टोक, बेलायत । रोयल ब्रिटिस लेजन (आरबीएल) को आयोजनामा बेजिङस्टोकमा सम्पन्न वार्षिक ‘पप्पी अपिल’ कार्यक्रममा बेजिङस्टोक नेपाली समाज (बीएनसी) का १४ जना स्वयंसेवकले सहभागिता जनाएका छन्।

कार्यक्रममा समाजका स्वयंसेवकहरूलाई तीनवटा सिफ्टमा विभाजन गरी जिम्मेवारी प्रदान गरिएको थियो। पहिलो सिफ्टमा बिहान १० देखि १२ बजेसम्म विजय लिङ्थेप, टेक कुलुङ राई, पञ्चवीर राई र दुर्गा राई खटिएका थिए।

त्यस्तै, दोस्रो सिफ्टमा दिउँसो १२ देखि २ बजेसम्म बल थापा, जगदीश वाग्ले, हर्कराज राई, चित्र थापा, देलिशा थापा र फोयेव थापाले जिम्मेवारी सम्हालेका थिए।

तेस्रो सिफ्टमा दिउँसो २ देखि ४ बजेसम्म तिलविक्रम सम्बाहाम्फे, पेपराज कुरुङबाङ, चन्द्र बेघा र ओम गुरुङ स्वयंसेवकका रूपमा सहभागी भएका थिए।

हरेक वर्ष आयोजना हुँदै आएको पप्पी अपिल कार्यक्रममा बेजिङस्टोक नेपाली समाजले निरन्तर सहभागिता जनाउँदै आएको छ। यसले बेलायतको स्थानीय समुदायसँग नेपाली समाजको सम्बन्ध, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै आएको छ।

पप्पी अपिलमार्फत युद्धमा जीवन बलिदान गर्ने तथा देश र जनताको सेवामा समर्पित भएका वीरहरूको योगदानको स्मरण र सम्मान गरिन्छ।

यस सामाजिक तथा मानवीय कार्यमा आफ्नो अमूल्य समय दिएर स्वयंसेवकका रूपमा खटिने सम्पूर्ण सदस्यप्रति बेजिङस्टोक नेपाली समाजले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!