लन्डन । नेपाल रन यूकेले आयोजना गरेको ‘नर्थोल्ट १० के रन २०२६’ मा तमु समाज यूकेका १० जना प्रतिनिधिले उत्साहपूर्वक सहभागिता जनाएका छन्।
आइतबार, १ नोभेम्बर २०२६ मा आयोजित १० किलोमिटर दौडमा समाजको प्रतिनिधित्व गर्दै अध्यक्षदेखि युवा सदस्यसम्मका सहभागीहरू दौडिएका थिए। दौडमा तमु समाज यूकेका अध्यक्ष विन्दुकुमारी घले गुरुङ, पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ, सदस्यहरू सारा गुरुङ, जङबहादुर गुरुङ, गंगाबहादुर गुरुङ, इन्द्रजित गुरुङ, पूर्णबहादुर घले र नवराज घले, सल्लाहकार ओम गुरुङ तथा युवा सदस्य प्रियंका गुरुङ सहभागी भएका तमु समाज यूकेका संस्थापक अध्यक्ष तथा ट्रस्टी चित्रबहादुर गुरुङले जानकारी दिए ।
पहिलो पटक १० किमि दौडमा सहभागी भएकी अध्यक्ष विन्दु गुरुङले १ घण्टा १ मिनेट १४ सेकेन्डमा दुरी पूरा गरेकी थिइन् । पूर्वअध्यक्ष शिवचन्द्र गुरुङले पनि दुरी पार गरेका थिए ।
लन्डन नर्थहोल्टस्थित नर्थला फिल्ड्स, नर्थहोल्ट पार्कमा भएको पाँचौं संस्करणको ‘एइएसएन नर्थहोल्ट १० के रन’ मा सयौंले भाग लिएका थिए ।
संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सहभागी सबै धावकलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै उनीहरूको सहभागिताले स्वस्थ जीवनशैली, सामुदायिक एकता, आपसी सद्भाव र सामाजिक उत्तरदायित्वको सन्देश दिएको बताएका छन्। उनले तमु समाज यूकेको नाम, पहिचान र प्रतिष्ठालाई उचाइमा पुर्याउन धावकहरूले देखाएको उत्साह, समर्पण र एकताको प्रशंसा गर्दै उनीहरूको सहभागिता समाजका लागि गौरवको विषय भएको उल्लेख गरेका छन्।
यसैगरी, कार्यक्रमका आयोजक नेपाल रन, प्रायोजक एईएसएन (AESN), स्वयंसेवक, सहयोगी तथा कार्यक्रममा उपस्थित भएर धावकहरूलाई हौसला र समर्थन प्रदान गर्ने सबैप्रति समाजले आभार व्यक्त गरेको छ।

















