- नगेन्द्रराज नेम्बाङ
मिचेट, बेलायत । किरात याक्थुङ चुम्लुङ यूके रसमोर शाखाले लिम्बू समुदायको महान् पर्व बलिहाङ तङ्नाम भव्यताका साथ मनाएको छ।
३१ अक्टोबर शनिबार मिचेटमा आयोजित कार्यक्रम शाखाका अध्यक्ष थानकुमान नाल्बो लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो। सचिव टङ्क आङ्बोहाङ लिम्बूले अतिथिहरूलाई आसन ग्रहण गराउँदै सुरक्षा निर्देशिका (सेफ्टी ब्रिफ) सम्बन्धी जानकारीसहित स्वागत मन्तव्य राखेका थिए।
अध्यक्ष नाल्बो र प्रमुख अतिथि कमला सेन्दाङ लिम्बूले पानसमा दीप प्रज्वलन गरी औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रमको सुरुवात च्याब्रुङ नृत्यबाट गरिएको थियो। च्याब्रुङ कलाकार दीपक आङ्बोहाङको नेतृत्वमा भवानी लिम्बू, लोक फोम्बो, चन्द्र लुङ्फुङ्वा, रिचार्ड वनेम र अतिथि कलाकार लक्ष्मण लिम्बूले च्याब्रुङ नृत्य प्रस्तुत गरेका थिए।
बलिहाङ तङ्नामको अवसरमा आयोजित लिम्बू पोसाकतर्फको उत्कृष्ट अवार्ड पुरुषमा च्याब्रुङ कलाकार लोक फोम्बो लिम्बू र महिलामा चित्ररानी लिम्बूले प्राप्त गरे। उनीहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो। त्यसैगरी, ‘एक्सिलेन्स अवार्ड अफ द इयर’ सल्लाहकार जित मेन्याङ्बोलाई प्रदान गरिएको थियो।
प्रमुख अतिथि सेन्दाङले मन्तव्यका क्रममा रसमोर शाखाले नेपाली मेला तथा जनजाति महासंघका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै लिम्बू पहिचान, संस्कृति र कलाको प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताइन्। उनले किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिका वर्तमान गतिविधि तथा भावी योजनाबारे पनि जानकारी गराएकी थिइन्।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेका संस्थापक अध्यक्ष खड्गजङ आङ्बोहाङ लिम्बू, रसमोर शाखाका संस्थापक तथा जीआरएनसी अध्यक्ष लीला सेलिङ माबो, केन्द्रीय उपाध्यक्ष दीपेन्द्र याक्सो, एनआरएनए यूकेका महासचिव जुरेन्द्र खजुम, केन्द्रीय कोषाध्यक्ष खगेन्द्र लावती, समाजसेवी नरकुमारी लिम्बू, सल्लाहकार तथा अवकाशप्राप्त लेफ्टिनेन्ट ईश्वर आङ्बोहाङ, अवकाशप्राप्त मेजर दिवान लिम्बू र साझा इस्टेट एजेन्टका प्रोप्राइटर जित मेन्याङ्बोलगायतको उपस्थिति थियो।
नेपालबाट आएका कलाकारहरूलाई अध्यक्ष नाल्बोले खादा लगाएर स्वागत गरेका थिए। उनले बलिहाङ तङ्नामको शुभकामना आदानप्रदान गर्दै लिम्बू भाषा, संस्कृति र कलाको संरक्षण तथा पुस्तान्तरणमा जोड दिएका थिए। कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले औपचारिक कार्यक्रम समापन गरेका थिए।
कार्यक्रममा सहभागीहरूका लागि स्वादिष्ट भोजन तथा पेय पदार्थको व्यवस्था प्रेम लिम्बू र सुरेन्द्र चोङ्बाङले गरेका थिए।
औपचारिक कार्यक्रमपछि सुरु भएको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिमा नेपालबाट आएका गायक लक्ष्मण लिम्बू र गायिका दीपा सुहाङले विभिन्न लिम्बू भाषाका गीत प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिएका थिए। त्यसैगरी, नृत्य कलाकार अस्मिता राना मगर तथा स्थानीय कलाकार आशा लिम्बूले नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रम सफल बनाउन उपाध्यक्षद्वय वीरेन्द्र लोक्ताम र सन्त माङ्देन, कोषाध्यक्ष टीका लिम्बू तथा गौरी इवालगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए।
थानकुमार नाल्बो लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव टङ्क आङ्बोहाङ लिम्बूले सञ्चालन गरेका थिए।









