क्वोने तमुहरुले मनाए माघे संक्रान्ति

SHARE:

एटा संवाददाता
अल्डरसट । बेलायतमा रहेका क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेले विविध साँस्कृतिक कार्यक्रमका साथ माघे संक्रान्ति मनाएको छ । समाजले बेलायतमा रहेका आप्mना छोरीचेली तथा ज्वाइँहरुलाई बिशेष आमान्त्रण गरी गत शनिबार १९ जनवरी २०१९ का दिन अल्डरसटस्थित एम्पायर हलमा मनाइएको हो । कार्यक्रममा उपस्थित छोरीज्वाइँ तथा परिवारका सदस्यहरुलाई समाजका संस्थापक अध्यक्ष नरजङ्ग गुरुङले मासको कालो टिका लगाउँदै स्वागत गरेका थिए । सो अवसरमा तरुल र सातु प्रसादको रुपमा वितरण गरिएको थियो ।

भेटघाट कार्यक्रमलाई ८६ वर्षीय समाजका जेष्ठ ज्वाइँ नरबहादुर गुरुङ, समाजका संस्थापक अध्यक्ष नरजङ्ग गुरुङ, प्रमुख सल्लाहकार नारायण कोन्मे, ९४ वर्षीय जेष्ठ क्वोने राजमान गुरुङ, एनआरएनए युकेका उपाध्यक्ष एवं घोताने चेली पुनम गुरुङ र समाजका अध्यक्ष ह.ले. चन्द्रबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं ज्वाइँ नरबहादुर गुरुङ, विशेष अतिथि समाजका जेष्ठ सदस्य राजमान घोताने र चेलीबेटीकी संस्थापक एवं एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङले मन्तब्य प्रकट गरेका थिए । त्यस्तै, समाजका उपाध्यक्ष क्याप्टेन पिताम्बर गुरुङले उद्घाटन मन्तब्य, सचिव मेजर राजपति गुरुङले घोतानेको वंशावली र जिथ्री इन्टरप्राइजेजका बारेमा कृष्ण गुरुङले पावर पोइन्ट प्रिजेन्टेशन दिएका थिए ।

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ह.ले. चन्द्र बहादुर गुरुङ र निवर्तमान अध्यक्ष नरजङ्ग गुरुङलाई खादा लगाई बधाई ज्ञापन गरिएको थियो । त्यस्तै, कार्यक्रमलाई प्रायोजन गर्ने विभिन्न व्यक्ति, कलाकार र उत्कृष्ट पोशाकधारी पुरुष तथा महिलालाई पनि खादा लगाई सम्मान गरियो ।

बेलायतमा रहेका क्वोने (घोताने÷घोण्डे) गुरुङ (तमु) हरुको चेली र ज्वाइँहरु सहित बाक्लो उपस्थिति रहेको कार्यक्रममा तमुधिं युकेको निमन्त्रणामा बेलायत आएका गायक गोविन गुरुङ र स्थानीय गायिका ममता गुरुङले विभिन्न गुरुङ तथा नेपाली गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै, चन्द्रदेवी गुरुङ, पूजा गुरुङ, ममता गुरुङ, रोशनी गुरुङ र औसा गुरुङ लगायतले विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत गरे । सो साँस्कृतिक कार्यक्रमको संचालन सूर्य घोताने गुरुङले गरेका थिए । करिब पाँचसय जनाको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष गुरुङले प्रमुख अतिथि लगायत बिशेष अतिथिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, चेली तथा ज्वाइँ, प्रायोजक, संयोजक, राफल ड्रका पुरस्कार प्रायोजक, कलाकार, कार्यसमिति, युवा, आमा, जेष्ठ नागरिक, साउण्ड सिस्टम, हल संचालक लगायत र उपस्थित सबैलाई आभार प्रकट गर्दै धन्यवाद दिए ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रवक्ता रामकुमार गुरुङ र सदस्य हेम गुरुङ लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले बिशेष भूमिका खेलेका थिए ।

क्वोने (घोताने÷घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष ह.ले.चन्द्र बहादुर गुरुङको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा समाजका प्रमुख सल्लाहकार नारायण कोन्मेले गुरुङले स्वागत मन्तब्य र कोषाध्यक्ष बोहत गुरुङले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिएका थिए । त्यस्तै, कार्यसमितिका सदस्य मान गुरुङले पावर पोइन्ट अपरेट गरेका थिए भने महासचिव इन्द्र घोतानेले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!