हुम तमु
पोखरा । युकेको प्रभावशाली एव तमुहरुको गौरबशाली संस्था तमुधिं युकेको दशौं कार्यसमितिबाट नवनिर्वाचित अध्यक्ष नन्दजंग तमु, आमा समिति अध्यक्ष जगतमाया तमु लगायतको नेपाल आगमन भएको तमुधिं युकेको टिमलाई आइतबाार तमुधिं नेपालले स्वागत एवं बधाई ज्ञापन गरेको छ ।
तमुहरुको पुरानो सामाजिक संस्था तमुधिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर तमुले तमुधिं युकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग, आमा समिति अध्यक्ष जगतमाया, निवर्तमान अध्यक्षमा ज्ञाम तमु, निवर्तमान आमा समिति अध्यक्ष प्रेमा तमु, संस्थापक अध्यक्ष मिनप्रसाद तमु, तमुधिं युकेका कार्यसमिति सदस्य एवं वरिष्ट फोटो पत्रकार मिलन तमु, तमुधिं युकेका कार्यसमिति सदस्य तथा चिउली पार्चे सेवा समाज युकेका अध्यक्ष कोलप्रसाद तमु, कार्यसमिति सदस्य तथा चिउली पार्चे सेवा समिति युकेका सचिव टंक मार्टिन तमु, तमुधिं यकेका कार्यसमिति सदस्य भोजबहादुर तमु, आजीवन सदस्य तथा भुम्दीकोट समाज युकेका अध्यक्ष जुमकाजी तमु, आजीवन सदस्य युवा समाजसेवी युनेस तमुलाई खादा, भाङ्ग्रा, फेटा र क्रमुबाट स्वागत सम्मान गरिएको हो । यसरी नै तमु धिं नेपाल केन्द्रीय आमा समितिका तर्फबाट अध्यक्ष हरिमाया तमुले ढाकाटोपी, क्रमु र खादाबाट युकेबाट पोखरा आएका नवनिर्वाचित अध्यक्ष, आमा अध्यक्षसहितको टोलीलाई स्वागत गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नं.९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नन्दजंग तमुलाई दशौं कार्यसमितिमा निर्विरोध निर्वाचित भएकोमा बधाईका साथै कार्यक्रम थप ऐतिहासिकता बनोस भन्ने शुभकामना व्यक्त गरिएको बधाई तथा शुभकामना पत्रबाट सम्मान गरिएको थियो । तमु भाषामै संचालित कार्यक्रममा तमुधिं युकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग तमुले तमुहरुको संस्थागत सम्बन्ध प्रगाढ, समुदायका हितका पक्षमा सबै एक भई अघि बढ्ने र तमु एकताका लागि तमुहरुको लाग्नु पर्ने बताए । युकेबाट पोखरा आउदा स्वागत र सम्मानले तमु समुदायका निम्ती थप समाजसेवामा जुट्न प्रोत्साहन मिल्ने भन्नुहुदै स्वागत, बधाई तथा शुभकामनाप्रति तमुधिं नेपाललाई धन्यवाद व्यक्त गरेका थिए ।
तमुधिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गिरीप्रसाद तमुले स्वागत र सचिव अधिवक्ता जुनाकुमारी तमुले कार्यक्रम सञ्चालन गरेकी थिइन् । तमु भाषामै सञ्चालित कार्यक्रममा कास्की कजु(घाचोक), सिक्लेस(चिली), स्याङ्जा र पर्वतको तमु भाषाका प्रयोगले कार्यक्रम थप तमुमय बनेको थियो ।
कार्यक्रममा तमुधिं युकेको मुखपत्र फ्रेंसी र तमुधिं युकेको ऐतिहासिकता समेटिएको वरिष्ठ पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक निरन्तरता तमुधिं युकेका अध्यक्ष नन्दजंग तमु र निवर्तमान अध्यक्ष ज्ञाम तमुले तमुधिं नेपाललगायत सहभागीहरुलाई हस्तान्तरण गरेका थिए ।






