बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेन्टल प्रपर्टी’ नियम लागू हुँदै

SHARE:

लन्डन। रियल इस्टेटसम्बन्धी जानकारहरूले इङ्गल्याण्डमा भाडामा दिइएका सम्पत्ति दर्ता प्रक्रियाका लागि समयमै तयार रहन घरधनीहरूसँग आग्रह गरेका छन्।

ब्रिटिश सरकारले घर भाडामा लगाउने घरधनीहरूलाई लक्षित गरी नयाँ नियम ‘रजिष्टर योर रेन्टल प्रपर्टी’ सञ्चालनमा ल्याउन लागेकाले कानुनी प्रावधानहरूको पालना गर्नु पहिलेभन्दा अझ बढी महत्त्वपूर्ण भएको उनीहरूले बताएका छन्। ए स्टार रियल इस्टेटका रेजिडेन्सियल लेटिंग्स एण्ड सेल्स सल्लाहकार नारायण तिमिल्सिनाका अनुसार ब्रिटिश सरकारले आगामी १५ डिसेम्बर २०२६ देखि वेस्ट मिडल्याण्ड्स क्षेत्रबाट यो नयाँ नियम लागू गर्दैछ। नयाँ व्यवस्थाअनुसार घरधनीहरूले दर्ता प्रक्रिया सुरु गरी वार्षिक शुल्क बुझाउनुपर्नेछ र आवश्यक सबै विवरण २८ दिनभित्र बुझाउनुपर्नेछ। तोकिएको २८ दिनभित्र विवरण नबुझाएमा दर्ता प्रक्रिया निष्क्रिय हुने र घरधनीहरू कानुनी दायित्व उल्लङ्घनको जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

कुनै पनि क्षेत्रमा यो सेवा सुरु भएपछि घरधनीहरूलाई दर्ता सम्पन्न गर्नका लागि ३ महिनाको समयसीमा उपलब्ध गराइनेछ। नयाँ नियम लागू भएसँगै घरधनीहरूले झन्झटिलो कागजी कार्य एक्लै गरिरहनु नपर्ने ए स्टार रियल इस्टेटले जनाएको छ। घरधनीहरूले प्रणालीमार्फत सिधै आफूले विश्वास गरेको कम्पनीलाई मनोनयन गर्न सक्नेछन्।

घर धनीहरुले दर्ता गर्दा विद्युतीय सुरक्षा प्रमाणपत्रहरू, इजाजतपत्र तथा घरमा बस्ने व्यक्तिहरूको विवरण लगायतका मुख्य जानकारीहरू सुरक्षित रूपमा व्यवस्थापन र पेश गर्नु पर्नेछ । साथै, स्थानीय काउन्सिलमा सेलेक्टिभ लाइसेन्सका लागि पनि आवेदन गर्नु पर्ने छ ।

ए स्टार फाइनान्सियल सलुसन्स तथा ए स्टार रियल इस्टेटका प्रबन्ध निर्देशक मिन दर्लामीले नयाँ नियम अनुसार कडा समयसीमा लगायतका प्रावधान रहेता पनि कुनै तनाव नलिन घरधनीहरूलाई आग्रह गरे। उनले विश्वासिलो कम्पनीसंग तत्काल सम्पर्क गरी लिखित सम्झौता मार्फत आफ्नो पोर्टफोलियोलाई झन्झटमुक्त बनाउन आह्वान पनि गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!