‘मुनामदन’ वाचनसहित बोस्टनमा देवकोटा जयन्ती मनाइयो

SHARE:

संवाददाता: प्रकाश खड्का ‘अभियान’

बोस्टन, अमेरिका – आइतबार ८ नोभेम्बर २०२६ क दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको चर्चा, ‘मुनामदन’को लयबद्ध वाचन तथा रचना प्रस्तुतिसहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बोस्टन च्याप्टरले ११८औँ देवकोटा जयन्ती भव्य रूपमा मनाएको छ। आइतबार ब्रेन्ट्रीस्थित पाबफोन भवनमा आयोजित कार्यक्रममा महाकविको तस्बिरमा माल्यार्पण तथा विशेष काव्य गोष्ठी सम्पन्न भएको थियो ।

अनेसास बोस्टन च्याप्टरका अध्यक्ष अबि गजुरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि अनेसास केन्द्रीय अध्यक्ष एवं वरिष्ठ कवि लालगोपाल सुवेदीले देवकोटाको साहित्यिक योगदान र कविता लेखनका विविध आयामबारे विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रकाश खड्का ‘अभियान’ले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा अनेसास बोस्टन च्याप्टरका पूर्वअध्यक्ष एवं अनेसास केन्द्रीय सदस्य महेश्वर पन्तले महाकवि देवकोटाको अमर कृति ‘मुनामदन’को सुमधुर लयबद्ध वाचन गर्नुभएको थियो।

त्यसैगरी सहसचिव दीपेन्द्र पोखरेलसहित सहभागी विभिन्न स्रष्टाहरूले आ-आफ्ना मौलिक साहित्यिक रचना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सुजन खरेलले तिहार एवं दीपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो।

सचिव प्रतीक रावलले कुशलतापूर्वक सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष अबि गजुरेलले उपस्थित सम्पूर्ण अतिथि, साहित्यकार तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै सभा विसर्जन गर्नुभएको थियो।

प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अनेसास बोस्टन च्याप्टरले निरंतर यस्ता साहित्यिक गतिविधिहरू आयोजना गर्दै आएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!