बेलायतमा वृत्तचित्र ‘गोर्खा रुट्स: अ बर्न्ट ओक स्टोरी’ कहाँ र कहिले हेर्न सकिन्छ?

SHARE:

लन्डन । बेलायतको बर्न्ट ओकमा बसोबास गर्दै आएका गोर्खाली परिवारहरूको जीवनयात्रामा आधारित छोटो वृत्तचित्र ‘गोर्खा रुट्स: अ बर्न्ट ओक स्टोरी सार्वजनिक भएको छ।

बार्नेट काउन्सिलले आयोजना गरेको लाइट + फ्लाइट फेस्टिभलअन्तर्गत आर्ट्सडिपोले बर्न्ट ओक नेप्लिज कम्युनिटीका सदस्यहरू र फिल्म निर्माता सोनम सुमारियासँगको सहकार्यमा यो वृत्तचित्र तयार पारेको हो।

कथा के हो?
‘गोर्खा रुट्स’ बर्न्ट ओकमा बसोबास गर्दै आएका गोर्खाली परिवारहरूको जीवनयात्रा, संघर्ष, त्याग र पहिचानको कथा हो। जन्मभूमि नेपालबाट सपना, आशा र जिम्मेवारी बोकेर बेलायत आएका गोर्खालीहरूले नयाँ देशमा जीवन कसरी सुरु गरे, कस्ता चुनौतीको सामना गरे र परिवार तथा समुदायको भविष्य बनाउन कति मेहनत गरे भन्ने अनुभव यसमा समेटिएको छ। विशेषगरी पहिलो पुस्ताका गोर्खाली अग्रजहरूको योगदान, संघर्ष, देशप्रतिको माया र परिवारका लागि गरेको त्यागलाई वृत्तचित्रले सम्मानपूर्वक प्रस्तुत गरेको छ।

तर यो कथा पहिलो पुस्ताको इतिहासमा मात्र सीमित छैन। बर्न्ट ओकमै जन्मिएर यहीँ हुर्किरहेको नयाँ पुस्ताको अनुभव, पहिचान, संस्कृति, भाषा र पुर्खासँगको सम्बन्धलाई पनि यसले उजागर गरेको छ। दुई पुस्ताबीच सोच र जीवनशैलीमा भिन्नता भए पनि नेपाली संस्कृति, परम्परा र आफ्नो जराप्रतिको माया कसरी एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको छ भन्ने देखाउने प्रयास वृत्तचित्रमा गरिएको छ।

बर्न्ट ओकलाई आफ्नो घर बनाउँदै यहाँको बहुसांस्कृतिक समाजमा योगदान पुर्‍याइरहेका गोर्खाली परिवारहरूको साझा इतिहास र पहिचानको यो एउटा महत्वपूर्ण दस्तावेज हो — विगतको सम्झना, वर्तमानको पहिचान र भावी पुस्ताका लागि छोडिएको गौरवपूर्ण विरासत। निर्माण र व्यवस्थापन वृत्तचित्रको निर्देशन स्वतन्त्र निर्माण कम्पनी गुएरेरा फिल्म्सकी सोनम सुमारियाले गरेकी हुन्। फिल्मनिर्माता दिदीबहिनी शीना र सोनम सुमारियाले स्थापना गरेको यो कम्पनीले चलचित्रलाई प्रतिरोध र सामाजिक न्यायको माध्यम बनाउँदै समाजको किनारामा रहेका मानिसहरूका कथा अगाडि ल्याउँदै आएको छ।

बर्न्ट ओक नेप्लिज कम्युनिटीको तर्फबाट परियोजनाको सुरुदेखि अन्त्यसम्मको समन्वय र व्यवस्थापन अफिस म्यानेजर ओम कुमारी गुरुङले गरेकी थिइन् । यो वृत्तचित्र नेसनल लटरी हेरिटेज फन्डको सहयोगमा उपलब्ध लाइट + फ्लाइट कम्युनिटी हेरिटेज ग्रान्टअन्तर्गत निर्माण गरिएको हो।

कहाँ र कहिले हेर्न सकिन्छ?
* नोभेम्बर १४ र १५: फिन्च्ले लेकसाइडमा लाइट + फ्लाइट फेस्टिभलको क्रममा प्रदर्शन — शनिबार दिउँसो १२ देखि राति ९ बजेसम्म र आइतबार बिहान ११ देखि साँझ ७ बजेसम्म। प्रवेश निःशुल्क।
* नोभेम्बर २१ र २२: फेरि प्रदर्शनीमा रहनेछ।
* नोभेम्बर २१ देखि महिनाको अन्त्यसम्म: आर्ट्सडिपोको क्याफे फोयरमा हेर्न सकिनेछ।

आर्ट्सडिपोको एलआईटी/यूपी सप्ताहान्तमा यसको औपचारिक सुरुवात हुनेछ। सबै समुदायका सदस्यहरूलाई आफ्नो परिवारसहित आएर यो कथा हेर्न र बर्न्ट ओकमा नेपाली समुदायको यात्राको साक्षी बन्न आग्रह समाजले आग्रह गरेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!